लोभीपापी गरुड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोभीपापी गरुड
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. episcopus
वैज्ञानिक नाम
Ciconia episcopus
(Boddaert, 1783)

लोभीपापी गरुड (Ciconia episcopus) नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो। यो चरा एसियाको रैथाने प्रजाति हो।

विबरण[सम्पादन गर्नुहोस्]

लोभीपापी गरुड ७५ देखि ९२ उचाई भएको मध्यम आकारको गरुड हो। यसको गठिलो, प्राय कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छरढकनी सेतो भएको हुन्छ। यसको उडानको क्रममा माथिल्ला र तल्ला पखेटा पुरै गाढा देखिन्छ। बच्चा लोभीपापी गरुड वयस्क जस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पङ्खेटाहरू साथै प्वाँखहरूले ढाकिएको निधार भएको हुन्छ।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इन्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ । यो प्रजाति प्राय ९१५ मिटर भन्दा तलको क्षेत्रमा पाइने गर्छ। यो चराको प्राकृतिक वासस्थान खोलानाला, कक्षभूमि, दलदले भूभाग तथा तालहरूको छेउछाउका घाँसेमैदानहरू हुन्।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]