राजलाहाँचे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजलाहाँचे
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
M. pulverulentus
वैज्ञानिक नाम
Mulleripicus pulverulentus
(Temminck, 1826)

राजलाहाँचे विश्वमा पाइने लाहाँचेहरू मध्ये सबैभन्दा ठूलो प्रजातिको लाहाँचे हो। यो चरा नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका भूभागहरूमा पाइने गर्छ। यसलाई अङ्ग्रेजीमा ग्रेट स्ल्याटी वुड्पेकर (Great Slaty Woodpecker) भनिन्छ।

विबरण[सम्पादन गर्नुहोस्]

राजलाहाँचे लामो ठोँड, घाटी र पुच्छर भएको विशाल, खरीपाटी फुस्रो रङको भएको हुन्छ। यो लाहाँचेहरू मध्ये विश्वको सबैभन्दा ठूलो लाहाँचे चरा हो।[२] यसको शरीरको रङ्ग गाढा खरानी रङ्गको हुन्छ। भालेको राजलाहाँचेको जुँगेरेखीमा राता-गुलाफी टाटा हुन्छन्। यसको लम्बाई ४८–५८ सेन्टिमिटर (१९–२३ इन्च) तथा तौल ३६०–५६३ ग्राम (०.७९४–१.२४१ पाउण्ड) हुन्छ। यसको पुच्छर १३.४ देखि १६.२ सेन्टिमिटर (५.३ देखि ६.४ इन्च) ठुँडो ६ देखि ६.५ सेन्टिमिटर (२.४ देखि २.६ इन्च) तथा टार्टस ३.६ देखि ४.१ 3.6 to 4.1 सेन्टिमिटर (१.४ देखि १.६ इन्च) हुन्छ।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

राजलाहाँचे नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका भूभागहरू- बङ्गलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड तथा भियतनाममा पाइने गर्छ। यो चराको प्रजाति विशाल सुण्डा टापूहरूमा पाइए तापनि बालीमा पाइदैन।[१] यो चराको वासस्थान सालका जङ्गलमा पाइने छिप्पिएका रूखहरू तथा जङ्गल छेउमा हुने गर्दछ। यसले खानाको लागि साना फलफुलहरू लगायत पुराना जिवित रूखहरूका काण्ड तथा हाँगाहरूमा गुँड लडाई बस्ने कमीला, धमिरा र मौरीहरूमा खाने गर्दछ।

खतरा तथा संरक्षण अवस्था[सम्पादन गर्नुहोस्]

यो प्रजाति विश्वमा संरक्षणका हिसाबले संवेदनशील अवस्थामा र' नेपलाको सन्दर्भमा यो सङ्कटापन्न अवस्थामा रहेको छ। वासस्थानको विनासका कारण यसको प्रजाति खतरामा परेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • BirdLife International 2011. Species factsheet: Great slaty woodpecker [१] Downloaded on 1 November 2011.
  • Image at ADW
  • [२] Images at Arkive