अजम्बरी (वनस्पति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अजम्बरी
Kalanchoe pinnata
अजम्बरी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
भाग:
प्रजाति:
K. pinnata
वैज्ञानिक नाम
Kalanchoe pinnata
(Lam.) Pers.
पर्याय

Bryophyllum pinnatum (Lam.) Oken
Bryophyllum calycinum

अजम्बरी, पत्थरीचुर अथवा पर्णबीज पोथ्रा वर्गमा पर्ने औषधीय । यो वनस्पतिको पात, डाँठ जे काटेर फालेपनि त्यसैबाट पुनरूत्पादन हुने हुनाले अजम्बरी भनिएको हो । त्यस्तै संस्कृतको पर्ण र बीज शब्दको संयोजनबाट पर्णबीज भनिएको हो । संस्कृत भाषामा पर्ण भनेको पात र पात नै बीजको रूपमा भएको हुनाले यसलाई पर्णबीज पनि भनिन्छ । अजम्बरीको बोट २-३ फिट अग्लो र काण्डमा दुबैतिर लाम्चा दाँतीयुक्त पात लाग्ने गर्दछ । अजम्बरीको स्वाद अमिलो हुन्छ । यसको प्रयोगले अम्लपित्त, कमलपित्त, पत्थरी, गर्मीले हुने रोग, मधुमेह, धातु झर्ने, पेट दुख्ने र पोल्ने जस्ता रोगहरूबाट मुक्ति पाउन सकिन्छ । यसको नियमित प्रयोगले पित्ताशय र मिर्गौला सफा हुन्छ, खानाको रुचि बढाउँछ, कब्जियत र अलकाई (पाइल्स)लाई पनि निको पार्छ । यी विभिन्न रोगको उपचारका लागि यसको ताजा पात चुस्ने तथा ३-५ ग्राम दिनको ४/५ पटक खाने तथा काँढापानी बनाएर खाने गर्न सकिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-१, आइएसबिएन 978-99946-1-630-5 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]