पद्मरत्न तुलाधर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पद्मरत्न तुलाधर(१९९७-२०७५) नेपालका बामपन्थी राजनीतिज्ञ तथा मानवअधिकारकर्मी थिए। विद्यार्थी कालदेखि नै बाम राजनीतिमा लागेका तुलाधर २०३६ सालको विद्यार्थी आन्दोलनमा सकृय थिए।

यिनी २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा काठमाडौँबाट जनपक्षीय उम्मेदवार बनेका थिए। सूर्य चिन्ह लिएर उक्त चुनावमा उठेका यिनले अत्याधिक मत ल्याएर निर्वाचित भए। राष्ट्रिय पञ्चायतको सभामा यिनी बहुदलीय व्यवस्था र प्रजातन्त्रको पक्षमा निरन्तर बोल्ने गर्दथे।

जनआन्दोलन २०४६ मा सम्पूर्ण बामपन्थी पार्टीहरूलाई समेटेर बाम मोर्चा निर्माण गर्न र नेपाली कांग्रेसले सुरू गरेको आन्दोलनमा बाम मोर्चा सहभागी गराई संयुक्त आन्दोलन गराउन यिनको नेतृत्त्वदायी भूमिका रहेको थियो।

युद्धरत माओवादीलाई शान्तिप्रकृयामा ल्याउन पद्मरत्नको गहन भूमिका रहेको छ। [१] नेपाल भाषा मंका खल नामक सामाजिक संस्थाको अध्यक्ष समेत बनेका यिनी पछिल्लो समय भाषिक समानताको आन्दोलनमा सकृय थिए।

तुलाधरको मस्तिष्कघातको कारण २०७५ कार्तिक १८ काठमाडौँमा निधन भयो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "रहेनन् पद्मरत्न तुलाधर", रातोपाटी अनलाइन, २०७५ कार्तिक १८, अन्तिम पहुँच २०७५ कार्तिक १८