लोक दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोक दल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष कौशलकुमार सिंह हुन्। लोक दलको केन्द्रीय कार्यालय काठमाडौँ जिल्लाको वानेश्वरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह लुगा सिउने कल थियो।[१] लोक दलले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ७४८ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १०,९५३ मत प्राप्त गरेको थियो।[२]

पिछडा वर्ग र मधेशीको अधिकारको लागि संघर्षरतलोक दलसामाजिक लोकतंत्रमा विश्वास गर्दछ । विक्रम संवत् २०६० सालदेखि पिछडा वर्गको अधिकारको लागि संघर्षरत नेतृत्व वर्गको साझा पहलमा वि.सं. २०६९ साल चैतमा लोक दलको स्थापना गरी वि.सं. २०७० साल वैशाख १७ गते औपचारिक रूपमा अगाडी बढाइयो । वि.सं. २०७० सालको निर्वाचनमा भएको धांधलीविरुध लोक दलले मोर्चागत रूपमा अगाडी बढे र पछि विभिन्न मोर्चा र गठबंधन बनाई देशभर आन्दोलनरत रहे । सोही क्रममा ३० दलीय मोर्चा, लगायतमा नेतृत्वदायी भूमिकामा रही देशभर आन्दोलनरत रहे । त्यसपछि नेपालको संविधान निर्माण हुने क्रममा पिछड़ा वर्ग र मधेशको माग संबोधन नहुने भएपछि लोक दलको पहलमा संघीय मधेशी मोर्चाको गठन भई करिब ८ महिना मधेशमा आन्दोलनरत रहे र नेपाल सरकारको वार्ता टोलीसंगको वार्तामा संविधानमा रहेका त्रुटी सच्याउन लोक दलका अध्यक्ष कौशल कुमार सिंहले १०२ बूँदें माग प्रस्तुत गरेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए । तर संघीय संसद र प्रदेश सभा निर्वाचनमा भाग लिएन । संविधानमा पिछड़ा वर्ग र मधेशीको माग संबोधन नभएपछि २०७३ सालमा संविधान दिवसको दिन असोज ३ गते सिरहाको मिर्चैयामा खुल्ला सभा गरी पहिलो पटक कालो दिवस मनाए भने २०७४ सालमा नेपालगंजमा असोज ३ गते खुल्ला सभा गरी कालो दिवस मनाएका थिए । र, अहिले प्रत्येक वर्ष संविधान दिवसका दिन असोज ३ गतेलाई लोक दलले कालो दिनको रुपमा स्मरण गर्ने गर्छन् ।

२०७३ सालको चैत्र २७, २८ र २९ गते सिरहाको लहानमा लोक दलको राष्ट्रीय सम्मेलनले माग र मुद्दा मिल्ने दलसंग सहकार्य गरी अगाडी बढने निर्णय गरेका थिए । २०७६ अषाढ १४ र १५ गते राजधानी काठमाडौंमा दोस्रो महाधिवेशन संपन्न गरी अहिले पिछड़ा वर्गमधेश मुद्दाको राजनीतिमा सक्रिय रहेको छ ।

लोक दलको राष्ट्रीय अध्यक्ष :श्री कौशल कुमार सिंह

महासचिव : श्री सी.एन. खड्गा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०