संयुक्त राष्ट्रवादी मोर्चा नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संयुक्त राष्ट्रवादी मोर्चा नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष मेघराज ज्ञवाली हुन्। संयुक्त राष्ट्रवादी मोर्चा नेपालको केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह कलश थियो।[१] संयुक्त राष्ट्रवादी मोर्चा नेपालले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ८१२ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ५,२२५ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०