नेपाल राष्ट्रसेवा दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल राष्ट्रसेवा दल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष सूर्यबहादुर घिमिरे हुन् । नेपाल राष्ट्रसेवा दलको केन्द्रीय कार्यालय काठमाडौंको बागबजारमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह टेलिफोन थियो।[१] नेपाल राष्ट्रसेवा दलले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १८३ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,१२७ मत प्राप्त गरेको थियो ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०