रघुनाथ भट्ट पोखर्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सगरमाथा अञ्चल ओखलढुङ्गा जिल्लाको माम्खा नामक गाउँमा जन्मिएर काठमाडौँ नक्सालमा वसोवास गर्ने रघुनाथ पोखर्याल (१८६८-१९१८) भट्ट उपनामले पनि परिचित रहेको पाइन्छ । दुध पोखरेल र पानी पोखरेलको गोत्र फरकफरक भएकाले उनले दुध पोखरेलकी छोरीसँग विवाह गरेका थिए र सामाजले अप्ठारो मान्छ भनेर भट्ट उपनाम राखेका थिए भन्ने भनाइ छ ।[१] उनको प्राप्त प्रकाशित कृति रामायण सुन्दरकाण्ड हो । रामभक्ति धारालाई अगाडि बढाउने कार्यमा उनको ठुलो योगदान रहेको पाइन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६),नेपाली लेखक कोश काठमाडौँ : लक्षमीप्रसाद देवकोटा प्रतिष्ठान