यदुनाथ पोखर्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विक्रम सम्वत१८३५ तिर सगरमाथा अञ्चलको सप्तरीमा जन्मिएका यदुनाथ पोखर्याल संस्कृत पढेका व्यक्ति थिए । उनी संस्कृतका धेरै वार्णिक छन्दलाई नेपाली भाषामा उपयोग गर्ने त्यसबेलाका पहिला कवि हुन् । भक्तिधारा र वीरधारा दुबैमा यिनका कविता भेटिन्छन् । स्तुति पद्य १, स्तुति पद्य २कृष्णचरित्र उनका प्राप्त कविता हुन् । उनका कवितामा राष्ट्रिय र समाजिक दुबै किसिमका चिन्तन पाइन्छन् ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान