पचपन्नझ्याले दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भक्तपुर दरबार क्षेत्र मा रहेको पचपन्नझ्याले दरबार
पचपन्नझ्याले दरबार

पचपन्न ओटा आकर्षक झ्यालहरू भएको कारणले यसलाई पचपन्नझ्याले दरबार भनिएको हो। ऐतिहासिक महत्त्व बोकेको यो दरबार भक्तपुर जिल्लाको भक्तपुर दरबार क्षेत्र मा रहेको छ । पचपन्नझ्याले दरबारको निर्माण राजा भूपतिन्द्र मल्ल ले नेपाल सम्बत ८२८ (विक्रम सम्बत १७६५) मा गरेका थिए ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

तत्कालिन स्वतन्त्र राज्य भक्तपुरका राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको पचपन्नझ्याले दरबार भक्तपुर राजदरबार (ख्वप लायकु) कै एक पुनर्निर्मित भाग थियो । सो भागमा त्यस अघि उनकै बाबुले निर्माण गरेको थम्थु राजकुल नामक सुन्दर दरबार थियो । नेपाल सम्बत ७९८ (बिक्रम सम्बत १७३५ ) मा निर्माण पुरा भएको सो दरबार निर्माणको तीनवर्ष पछि तत्कालिन नेपाल उपत्यकामा गएको भयानक भूकम्पले पूरै भत्कियो । भूपतिन्द्र मल्लले भूकम्पले तहसनहस भएको थम्थु राजकुलको दक्षिण पट्टिको भागमा नयाँ जग हाली नयाँ ढङ्गले पुनर्निर्माण गर्न लगाए ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ श्रेष्ठ पुरुषोत्तमलोचन, अहिलेसम्म प्रचारमा नआएको पचपन्नझ्याले दरबारका चित्रमय राग रागिनी