रत्नध्वज जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाग्मती अञ्चलको लिलतपुर जिल्लामा जन्मिएका रत्नध्वज जोशी (१९७३) मूलतः समालोचक हुन् । यिनी दोषद्रष्टाका रूपमा परिचित छन् । विशेष गरी यिनका समालोचनाहरू वर्णनात्मक र व्याख्यात्मक हुन्छन् । जोशीका समालोचनात्मक कृतिहरू यसप्रकार छन् :

  1. मानसालङ्कार (२००२)
  2. हाम्रो काव्यपरम्परा उसैको लागि (२०१९)
  3. आधुनिक नेपाली साहित्यको झलक (२०२१)
  4. साहित्यको अध्ययन (२०२३)
  5. सामान्य समीक्षा (२०२२)
  6. नेपाली कथाको कथा (२०२५)
  7. नेपाली नाटकको इतिहास (२०३६)
  8. ऋतुविचार र लेखनाथ (२०३६)
  9. साहित्य विमर्ष (२०४४)