सिद्धिचरण नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिद्धिचरण नगरपालिका
ओखलढुङ्गा बजार (पुरानो नाम)
Siddhicharan Municipality
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाओखलढुङ्गा
सरकार
 • मेयरमोहन कुमार श्रेष्ठ
 • उप मेयरइच्छा कुमारी गुरुङ
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा१६६९६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.siddhicharanmun.gov.np

सिद्धिचरण नगरपालिका पूर्वी नेपालको सगरमाथा अञ्चलको ओखलढुङ्गा जिल्लामा पर्ने एउटा नगरपालिका हो । यो ओखलढुङ्गा जिल्लाको सदरमुकाम पनि हो । साबिक ओखलढुङ्गाको वडा नम्बर ७ रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा बर्नालू, ओखलढुङ्गा, ज्यामिरे,सल्लेरी, अँधेरीरुम्जाटार गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रंगेली पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।[१]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

बर्नालू,ओखलढुङ्गा,ज्यामिरे,सल्लेरी,अँधेरीरुम्जाटार गाविसहरूलाई मिलाएर सिद्धिचरण नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १६,६९६ रहेको छ ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]