बेल्टार बसाहा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेल्टार बसाहा
पूर्व नगरपालिका
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाउदयपुर जिल्ला
स्थापना२०७१ जेष्ठ ४
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२३९१८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
५६३००
क्षेत्रीय सङ्केत०३५
वेबसाइटwww.beltarbasaahamun.gov.np

बेल्टार बसाहा पूर्वी नेपालको उदयपुर जिल्लामा रहेको पूर्व नगरपालिका तथा वर्तमान समयमा चौदण्डीगढी नगरपालिकाको एक टोल हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा बेल्टारबसाहा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।विशेष त यो क्षेत्रको बनोट वरिपरि हरिया डाडा पाखा ले घेरिएको ठाँउ अत्यन्तै मनमोहक र सुन्दर रहेको छ।पूर्वी क्षेत्रमा रामपुर गा.बि.स., दक्षिणमा त्रियुगा नदिको समतल फाँट पश्चिममा आँप खहरे डाडा र उत्तर दिशामा एतिहासिक स्थल चौदन्डी रहेको क्स छ। यस क्षेत्रमा थुप्रै खहरे खोलाहरु वर्षा याममा बग्ने गर्दछ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

बेल्टारबसाहा गाविसहरूलाई मिलाएर बेल्टार बसाहा नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २३,९१८ रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]