नेयमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेयमार
२०१८ मा नेयमार
व्यक्तिगत जानकारी
पुरा नाम नेयमार डा सिल्भा संटोस जुनियर[१]
जन्म मिति सन् १९९२ फेब्रुअरी ५
जन्म स्थान मोगी डास क्रुज, ब्राजिल[१]
उचाइ १.७५ मी (५ फिट ९ इन्च)[२]
खेल्ने स्थान(हरू) फरवार्ड, बिंगर
क्लब जानकारी
वर्तमान टोली
पेरिस सेन्ट-जर्मेन
सङ्ख्या १०
युवा करियर
१९९९–२००३ सानटिस्टा
२००३–२००९ संटोस
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९–२०१३ संटोस १०३ (५४)
२०१३–२०१७ बार्सिलोना १२३ (६८)
२०१७– पेरिस सेन्ट जर्मेन ७८ (५९)
अन्तर्राष्ट्रिय करियर
२००९ ब्राजिल अन्डर-१७ (१)
२०११ ब्राजिल अन्डर-२० (९)
२०१२ ब्राजिल अन्डर-२३ (४)
२०१०– ब्राजिल ११५ (७०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ नोवेम्बर,२०२१
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ११ नोवेम्बर २०२१

नेयमार डा सिल्भा संटोस जुनियर को जन्म ब्राजिलमा सन् १९९२ फेब्रुअरी ५ मा भएको हो । आफ्ना फुटबल टिमका खेलाडी तथा दर्शकदीर्घा माझ उनी नेयमारको नामले चिनिन्छन् । उनी ब्राजिलबाट खेल्छन । व्यावसायिक रूपमा हाल उनी स्पेनिस क्लब बार्सिलोना फुटबल क्लबबाट विश्व किर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन आबद्ध भएका छन् र पियसजीमा खेल्दै छन् । उनी फुटबल खेल मैदानमा फरवार्ड, बिंगरबाट खेल्ने गर्छन ।

क्लब जीवन[सम्पादन गर्नुहोस्]

साउदी प्रो-लिगको क्लब अल हिलालले ब्राजिलियन फरवार्ड नेयमार अनुबन्ध गरेको छ । अल हिलालले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमारलाई ९० मिलियन युरोमा भित्र्याएको हो ।

अल हिलाल र नेयमारबीच दुई वर्षको सम्झौता भएको छ । नेयमारले मेडिकल टेस्ट पूरा गरिसकेका छन् । अबको केही दिनमा सबै कागजी प्रक्रिया पनि सकिने बताइएको छ ।

सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी भित्रिएका नेयमारले पिएसजीका लागि १ सय १२ फ्रेन्च लिग वान खेलमा ८२ गोल गरेका छन् ।

नेयमार यो सिजन अल हिलाल भित्रिने चौथो खेलाडी हुन् । यसअघि अल हिलालले रुवेन नेभेस, कालिडो काउलीबाली र माल्कोमलाई अनुबन्ध गरिसकेको छ ।

सान्तोष क्लब[सम्पादन गर्नुहोस्]

सान्टोसबाट ट्रान्सफर[सम्पादन गर्नुहोस्]

नेयमार सन् २०१३मा सान्टोसबाट एफसी बार्सिलोना आउँदा पनि विश्व फुटबलमा तहल्का मच्चिएको थियो। त्यस समय ५७ मिलियन युरो तिरेको बार्सिलोनाले क्लबमात्र नभएर नेयमारका पिता र ब्राजिलको केहि सरकारी कार्यालयमा समेत केहि रकम तिर्नुपरेको थियो। रियल म्याड्रिडले पनि उनलाई पछ्याईरहेको अवस्थमा बार्सिलोनाले मोटो रकम तिरेको थियो।

एफसी बार्सिलोना[सम्पादन गर्नुहोस्]

२०१३-१३ सिजनबाट नेयमार बार्सिलोना प्रवेश गरेका हुन्।भने २०१७-१८ सिजनमा बार्सिलोनाबाट ट्रान्सफर भएर पिएसजी पुषेका हुन्।[३]

बार्सिलोनाको ‘एमएसएन'[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा सुआरेजको आगमनसँगै नेयमारको प्रदर्शनमा पनि सुधार आयो। उनले पहिलो सिजनमा ४१ खेल खेल्दै १५ गोल र १५ असिस्ट दिएपनि सुआरेज आएपछिको दोश्रो सिजनमा भने ३९ गोल र ११ असिस्ट दिन सफल रहे। त्यसै सिजन बार्सिलोनाले च्याम्पियन्स लिग, स्पेनिस लिग र कोपा डेल रे जितेर ट्रेबल हासिल गर्यो।

पिएसजीसँगको अभूतपूर्व प्रदर्शन[सम्पादन गर्नुहोस्]

सन् २०१६/१७को च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६को पहिलो लेगमा बार्सिलोना ४-०ले पराजित भयो। तर दोश्रो लेगको ८८औं मिनेट सम्ममा पनि ३ गोलको आवश्यकता रहेको बार्सिलोनाले अन्तिम ६ मिनेटमा ३ गोल गर्दै खेल जित्यो। ८८औं मिनेटमा नेयमारले फ्रिकिक मार्फत गोल गरे भने त्यसको २ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। उनले अन्तिम मिनेटमा सर्जी रोबर्टोलाई दिएको पास गोल भएपछि बार्सिलोनाले अहिलेसम्मकै उत्कृष्ट पुनरागमन गर्यो। [४]

पेरिस सेन्ट जर्मेन[सम्पादन गर्नुहोस्]

ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने लगभग पक्का भइसके पछि उनी विश्व कीर्तिमानी रकममा पिएसजीमा अनुबन्ध भएका थिए।[५]

राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

२०१४ फिफा विश्वकप[सम्पादन गर्नुहोस्]

ब्राजिलमा आयोजित विश्वकपमा नेयमारले उत्कृष्ट प्रदर्शन गर्ने आशा राखिएको थियो। उनले आफुले खेलका ५ खेलमा ४ गोल र १ असिस्ट प्रदान गरे तर कोलम्बियासँगको खेलमा ढाडमा चोट बोकेपछि उनले बाँकी खेल खेल्न सकेनन्। नेयमारबिनाको ब्राजिलले सेमिफाइनलमा घरेलु मैदानमा जर्मनीसँग ७-१को पराजय व्येहोर्यो।

रियोमा ओलम्पिक स्वर्ण[सम्पादन गर्नुहोस्]

सन् २०१६मा रियो ओलम्पिकको फुटबलमा ब्राजिलले स्वर्ण पदक जितेको थियो। फुटबल जगतमा ब्राजिलले जित्न बाँँकी रहेको एकमात्र पदकका रूपमा लिइएको यस उपाधि जिताउन नेयमारले उल्लेख्य भूमिका खेले। २०१४ को विश्वकपमा लज्जास्पद पराजय भोगेको जर्मनीलाई फाइनलमा पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जित्यो।साथै उनी यो स्वर्ण विजेता टिमका कप्तान समेत रहेका थिए।

गोल विवरण[सम्पादन गर्नुहोस्]

क्लबकालागि गोल[सम्पादन गर्नुहोस्]

अन्तराष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

वर्ष अनुसार गोल[सम्पादन गर्नुहोस्]

फुटबल बाहिर[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

ब्राजिल सान्तोष क्लब
स्पेन एफसी बार्सिलोना
फ्रान्स पेरिस सेन्ट जर्मेन

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

 ब्राजिल

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

फिफा कन्फेडेरेसन कप गोल्डेन बलका साथमा नेयमार

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेयमार", ESPN। 
  2. "नेयमार प्रोफाइल". FC Barcelona.com. Retrieved 9 May 2014
  3. [[१]]/ नेयमार विश्व किर्तिमान रकममा पियसजी जाो लगभग पक्का
  4. [[२]]/ नेयमारले गरे चमत्कार
  5. [[३]]/ नेयमारका करियरकै शीर्ष ५ क्षण