बाल्यावस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाल्यावस्था भन्नाले मानव जिवनको सुरुवातको अवस्था भन्ने बुझिन्छ। मानिस जन्मे देखी बुढो हुन्जेल सम्म शैशावस्था, बाल्यावस्था, किशोरावस्था, यौवनानस्थावृद्धावस्था गरेर विभिन्न पाँच अवस्थाहरू पार गर्नु पर्ने हुन्छ। बाल्यवास्थालाई पनि दुई भागमा विभाजान गरेको पाइन्छ ।[१]

  • पूर्व बाल्यावस्था
  • उत्तर बाल्यावस्था

पूर्व बाल्यावस्था[सम्पादन गर्नुहोस्]

यो २ देखि ६ वर्षसम्मको विकसात्मक अवस्था हो । ६ वर्षदेखि विद्यालय जानुपर्ने भएकोले त्यसका लागि पारिवारिक वातावरणबाट विद्यालय वातवरणमा समायोजन गर्ने अवस्था हो । यो अवस्था समस्या दुखपूर्ण र खेल्ने उमेर हो ।

उत्तर बाल्यावस्था[सम्पादन गर्नुहोस्]

६ वर्षा देखि यौन परिपक्वता प्राप्त नगरेसम्मको अवधिको विकसात्मक अवस्था हो । सामान्यतया केटीहरु १३ वर्ष र केटाहरु १४ वर्षदेखि यौन परिपक्वता प्राप्त गर्न थाल्छन ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Developmental Psychology, A life span Approach, New Delhi: Tata Mc GRAW-Hill। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]