ढाँचा:इतिहासमा आज/सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेप्टेम्बर, {{{1}}}[सम्पादन गर्नुहोस्]

१, सेप्टेम्बर (जन्म):
मुसफिकुर रहिम (सन् १९८८)
  • वि.सं. १९७१ (सन् १९१४)  - रसियाको दोस्रो ठूलो सहर सेन्ट पिटर्सवर्गले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो।
  • वि.सं. १९८० (सन् १९२३) - जापानमा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोक्यो तथा योकोहामाका १,०५,००० मानिसको मृत्यु भएको थियो।
  • वि.सं. २०१९ (सन् १९६२)  - संयुक्त राज्यले पृथ्वीको जनसङ्ख्या ३ अर्व पुगेको घोषणा गरेको थियो।
  • वि.सं. २०२६ (सन् १९६९)  - लिबियामा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए।
  • वि.सं. २०४८ (सन् १९९१)  - उज्बेकिस्तानले सोभियत सङ्घबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
  • वि.सं. २०६१ (सन् २००४)  - इराकमा १२ जना नेपालीहरूको हत्याको विरोधमा काठमाडौंमा रहेका अधिकांश मेनपावर कम्पनीहरूका कार्यालयमा आक्रमण र आगजनी भएको थियो।
हेर्नेवार्तासम्पादन

२, सेप्टेम्बर (जन्म):
सलमा हायेक (सन् १९६६)
  • वि.सं. २०५५ (सन् १९९८)  - स्विस एयरको फ्लाइट १११ नोभा स्कोटिया नजिक दुर्घटनाहुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो।
  • वि.सं. २०६९ (सन् २०१२)  - दशकभन्दा बढी समयसम्म इजिप्टमा महिला समाचार प्रस्तोतामा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको थियो।
हेर्नेवार्तासम्पादन

३, सेप्टेम्बर (जन्म):
विवेक ओबेरोय (सन् १९७६)
  • वि.सं. २०५२ (सन् १९९५)  - प्रचलित इ कमर्श साइट इबेको (चित्रमा इबेको लोगो) स्थापना भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - माइक्रोसफ्टले नोकियालाई ७.२ विलियन अमेरिकी डलरमा खरिद गरेको थियो ।
  • वि.सं. २०७४ (सन् २०१७)  - उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बमको परीक्षण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

४, सेप्टेम्बर (जन्म):
ऋषि कपूर (सन् १९५२)
  • वि.सं. २०५१ (सन् १९९४)  - जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन भएको थियो ।
  • वि.सं. २०५२ (सन् १९९५)  - चौथो विश्व महिला सम्मेलन चिनको बेइजिङमा १८१ देशका ४,७५० जना महिला सहभागीहरूको उपस्थितिमा उद्घाटन भएको थियो ।
हेर्नेवार्तासम्पादन

५, सेप्टेम्बर (जन्म): महोम्मद रफिक (सन् १९७०)
  • वि.सं. २०४३ (सन् १९८६)  - कराची पाकिस्तानी आर्मी स्टोर्मले US B-747 विमान उपहरण गर्नुको साथ साथै १९ जनाको हत्या समेत गरेका थिए ।
  • वि.सं. २०६९ (सन् २०१२)  - टर्कीको आफयोन शहरमा रहेको गोला बारूद भएको स्टोरमा विस्फोट हुँदा २५ जनाको ज्यान जानुका साथै ४ घाइते भएको थियो ।
हेर्नेवार्तासम्पादन

६, सेप्टेम्बर (जन्म):
निकोस बोउटजिकोस (सन् १९८३)
  • वि.सं. २०५४ (सन् १९९७)  - वेल्सकी राजकुमारी डायना (चित्रमा) को अन्तिम संस्कार गरिएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - टर्कीको समुद्री तटमा माछा मार्ने जहाज पल्टिदा ६१ जना अवैध रूपमा आएका आप्रवासीको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

७, सेप्टेम्बर (जन्म):
जाभेद नेकोउनाम (सन् १९८०)
  • वि.सं. १८७९ (सन् १८२२) - पोर्चुगलबाट ब्राजिल स्वतन्त्र भएको थियो ।
  • वि.सं. २०५४ (सन् २००५)  - इजिप्टमा पहिलो राष्ट्रपतिको चुनाव भएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - क्यानाडाले आफ्नो इरानी दुतावास बन्द गर्नुको साथ साथै इरानी कूटनीतिज्ञ कर्मचारीहरूलाई क्यानाडाबाट निकालेको थियो ।
हेर्नेवार्तासम्पादन

८, सेप्टेम्बर (जन्म):
पिङ्क (गायिका) (सन् १९७९)
  • वि.सं. २०४५ (सन् १९८८) - संयुक्त राज्य अमेरिकाको इतिहासमा पहिलो पटक त्यहाँको एलोस्टोन राष्ट्रिय निकुञ्ज आगलागीका कारण बन्द गरिएको थियो।
  • वि.सं. २०४८ (सन् १९९१)  - म्यासेडोनिया स्वतन्त्र भएको थियो।
  • वि.सं. २०७० (सन् २०१३)  - सेरेना विलियम्सले आफ्नो पाँचौ वुमन्स सिङ्गल युएस ओपन उपाधि जितेकी थिइन्।
हेर्नेवार्तासम्पादन

९, सेप्टेम्बर (जन्म):
अक्षय कुमार (सन् १९६७) ~ अरुणा लामा (सन् १९४५) हेर्नेवार्तासम्पादन

१०, सेप्टेम्बर (जन्म):
इयोन मोर्गन (सन् १९८६) हेर्नेवार्तासम्पादन

११, सेप्टेम्बर (जन्म):
लुडाक्रिस (सन् १९७७)
  • वि.सं. २०२५ (सन् १९६८) - एयर फ्रान्स फ्लाइट १६११ फ्रान्समा दुर्घटनाग्रस्त हुँदा ८९ जना सहित ६ चालकदलका सदस्यको ज्यान गएको थियो।
  • वि.सं. २०५८ (सन् २००१)  - सेप्टेम्बर ११ को हमला; आतङ्कवादी सङ्गठन अलकायदाले अमेरिकाका चार विमानहरू उपहरण गरी दुई विमान न्यूयोर्कमा रहेको वर्ल्ड ट्रेड सेन्टरको दुई गगनचुम्बी टावरमा ठोक्याएका थिए (चित्रमा) जसको कारण २९९६ जनाको ज्यान गएको थियो। एक विमान पेन्टागनमा जोतिएको थियो भने अर्को विमान अमेरिकी काङ्ग्रेसमा जुधाउने लक्ष्य रहेपनी यात्रु र अपहरणकारीको झडप हुँदा बीचमै दुर्घटना भयो।
  • वि.सं. २०६९ (सन् २०१२)  - पाकिस्तानको दुइवटा कपडा उद्योगमा आगलागी हुँदा जम्मा ३१५ जनाको ज्यान गएको थियो।
  • वि.सं. २०६९ (सन् २०१२)  - लिबियाको बेनगाजिमा अवस्थित अमेरिकि दुतावास माथि भएको हमलामा ४ जनाको मृत्यु भएको थियो।
हेर्नेवार्तासम्पादन

१२, सेप्टेम्बर (जन्म):
पल वाल्कर (सन् १९७३-२०१३)
  • वि.सं. २०१६ (सन् १९५९) - सोभियत सङ्घले लुनिक II नामक रकेट चन्द्रमामा पठाएको थियो।
  • वि.सं. २०३७ (सन् १९८०)  - टर्कीमा सैनिक बिद्रोह सुरु भएको थियो।
  • वि.सं. २०६८ (सन् २०११)  - अमेरिकामा ९/११ स्मृति संग्रहालय आमजनताको लागि खुल्ला गरिएको थियो।
हेर्नेवार्तासम्पादन

१३, सेप्टेम्बर (जन्म):
थोमस मुलर (सन् १९८९)
  • वि.सं. २०५८ (सन् २००१)  - सेप्टेम्बर ११ को आतङ्कवादी हमला पछि अमेरिकामा सर्वसाधारणको लागी हवाईसेवा पूनः चालु गरिएको थियो ।
  • वि.सं. २०६५ (सन् २००८)  - भारतको दिल्लीमा सृङ्खलावद्द बम विस्फोट हुँदा ३० जनाको मृत्युको साथै १३० जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१४, सेप्टेम्बर (जन्म):
एमी वाइनहाउस (सन् १९८३) हेर्नेवार्तासम्पादन

१५, सेप्टेम्बर (जन्म):
मार्को पोलो (सन् १२५४) हेर्नेवार्तासम्पादन

१६, सेप्टेम्बर (जन्म):
डेभिड कपरभिल्ड (सन् १९५६) ~ ज्ञानेन्द्र मल्ल (सन् १९९०) हेर्नेवार्तासम्पादन

१७, सेप्टेम्बर (जन्म):
नरेन्द्र मोदी (सन् १९५०)
  • वि.सं. १८४४ (सन् १७८७) - संयुक्त राज्य अमेरिकाको संबिधान फिलाडेल्फियामा हस्ताक्षर गरिएको थियो ।
  • वि.सं. २०१४ (सन् १९५७)  - मलेसियाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
  • वि.सं. २०३३ (सन् १९७६)  - नासाले पहिलो अन्तरिक्ष यान इन्टरप्राइजलाई सार्वजनिक गरेको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - लिनक्सको पहिलो भर्सन कर्नेल (०.०१) इन्टरनेटमा राखिएको थियो ।
हेर्नेवार्तासम्पादन

१८, सेप्टेम्बर (जन्म):
रोनाल्डो (सन् १९७६)
  • वि.सं. २०६९ (सन् २०१२)  - संसारमै पहिलो पटक आमाको पाठेघर छोरीमा प्रत्यारोपणको सफल शल्यक्रिया गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, सेप्टेम्बर (जन्म):
सुनिता विलियम्स (सन् १९६५)
  • वि.सं. २०१४ (सन् १९५७)  - संयुक्त राज्य अमेरिकामा पहिलोपटक जमीन मुनि परमाणु बमको परीक्षण गरिएको थियो ।
  • वि.सं. २०३५ (सन् १९७८)  - सोलोमन द्वीप स्वतन्त्र भएको थियो ।
  • वि.सं. २०४२ (सन् १९८५)  - मेक्सिकोमा शक्तिशाली भूकम्प जाँदा हजारौ मानिस मारिनुका साथै ४०० भन्दा बढी घरहरू ध्वस्त भएको थियो ।
  • वि.सं. २०७४ (सन् २०१७)  - मेक्सिकोमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पको कारण करिब २४८ जनाको मृत्य हुनुका साथै ८०० जना धाइते भएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, सेप्टेम्बर (जन्म):
महेश भट्ट (सन् १९४९)
  • वि.सं. २०४१ (सन् १९८४) - लेबनानको बेरुत नजिक संयुक्त राज्यको दुतावासमा आत्मघाती कार बम बिष्फोटमा परी ४० जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०६५ (सन् २००८)  - बिष्फोटक पदार्थले भरिएको एक ट्रक पाकिस्तानको इस्लामाबादमा रहेको मेरिएट होटेलको अगाडी ठोक्किदा ५४ जना मारिनुका साथै २६६ घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२१, सेप्टेम्बर (जन्म):
करीना कपूर खान (सन् १९८०) ~ सुमन पोखरेल (सन् १९६७) हेर्नेवार्तासम्पादन

२२, सेप्टेम्बर (जन्म):
थियागो सिल्भा (सन् १९८४) ~ रुबी राणा (सन् १९७२)
  • वि.सं. २०३७ (सन् १९८०) - इरान तथा ईराकबीच युद्ध सुरु भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - पाकिस्तानको पेशावर शहर नजिक रहेको चर्चमा आत्मघाती बम बिष्फोट हुँदा ७५ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७४ (सन् २०१७)  - बुद्ध लामा नेपाल आइडलको पहिलो संस्करणको विजेता हुन सफल भएका थिए ।
हेर्नेवार्तासम्पादन

२३, सेप्टेम्बर (जन्म):
मेलानी आउदिन (सन् १९९१) ~ अनिल गुरुङ (सन् १९८८)
  • वि.सं. २०३० (सन् १९८३) - गल्फ एयर ७७१ विमान बमले ध्वस्त पारिदा विमानमा रहेका सबै ११७ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, सेप्टेम्बर (जन्म):
एमी स्काई (सन् १९६०) हेर्नेवार्तासम्पादन

२५, सेप्टेम्बर (जन्म):
दिव्या दत्ता (सन् १९७७)
  • वि.सं. २०२९ (सन् १९७२) - एक जनमत संग्रहमा नर्वेका मानिसहरुले युरोपेली समुदायको सदस्यतालाई अस्विकार गरेका थिए ।
  • वि.सं. २०३८ (सन् १९८१)  - बेलिजले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो ।
  • वि.सं. २०६० (सन् २००३)  - जापानमा ८.० रेकटर स्केलको भूकम्प गएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, सेप्टेम्बर (जन्म):
सेरेना विलियम्स (सन् १९८१)
  • वि.सं. २०१६ (सन् १९५९) - जापानमा गएको बिनासकारी सामुन्द्रिक आंधी भेराले ४,५८० जनाको ज्यान लिनुका साथै १६ लाखलाई घरवार बिहिन बनाएको थियो ।
  • वि.सं. २०३७ (सन् १९८०)  - जर्मनीको म्युनिखमा आतंककारीले बम बिष्फोट गराउँदा १३ जनाको ज्यान गएको थियो भने २११ घाइते भएका थिए ।
  • वि.सं. २०५४ (सन् १९९७)  - इन्डोनेशियाको मेदानमा इन्डोनेसियन एयरबस ए ३०० दुर्घटनाग्रस्त हुँदा २३४ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२७, सेप्टेम्बर (जन्म):
एभ्रिल लेभिन्ज (सन् १९८४)
  • वि.सं. १८७८ (सन् १८२१) - मेक्सिकोले स्पेनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०५५ (सन् १९९८)  - खोज इन्जिन गुगलले आफ्नो जन्मदिन भएको दावी गरेको थियो ।
  • वि.सं. २०६० (सन् २००३)  - स्मार्ट-१ भू-उपग्रह प्रक्षेपित गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२८, सेप्टेम्बर (जन्म):
लता मंगेशकर (सन् १९२९)
  • वि.सं. १८४८ (सन् १७९१) - फ्रान्स आफ्नो यहुदी जनसंख्यालाई स्वतन्त्र गर्ने पहिलो राष्ट्र बनेको थियो ।
  • वि.सं. २०१६ (सन् १९५९)  - अमेरिकी उपग्रह एक्सप्लोरर छले पृथ्वीको पहिलो चलचित्र लिएको थियो ।
  • वि.सं. २०१७ (सन् १९६०)  - माली तथा सेनेगल संयुक्त राष्ट्रको सदस्य भएको थियो ।
  • वि.सं. २०६५ (सन् २००८)  - स्पेस एक्सले पहिलो प्राइभेट अन्तरिक्षयान "फाल्कन १" को प्रक्षेपण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

२९, सेप्टेम्बर (जन्म):
महमूद (सन् १९३२) ~ मदन भण्डारी (सन् १९५२)
  • वि.सं. २०६५ (सन् २००८)  - लेहमेन ब्रर्दर्स तथा वासिङ्गटन म्युटल टाट पल्टिए पछि ड जोन इन्डसट्रियलको औषत इतिहासमै उच्च ७७७.६८ अंकको गिरावट भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - नाइजेरियाको गुजबामा एक शैक्षिक संस्थामा आतंकबादी समुहको हमलाबाट ४२ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

३०, सेप्टेम्बर (जन्म):
मार्टिना हिङ्गीस (सन् १९८०) हेर्नेवार्तासम्पादन