तिरहुता लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिरहुता, मिथिलाक्षर
मिथिलाक्षर व्यञ्जनवर्ण
प्रकार
समयावधि
अ.१५ शताब्दी - हाल सम्म [१]
लेखन दिशाबायाँ देखि दायाँ Edit this on Wikidata
क्षेत्रभारत तथा नेपाल
भाषाहरूमैथिली
आईएसओ १५९२४
आईएसओ १५९२४Tirh (326), ​Tiruta
युनिकोड
युनिकोड उपनाम
Tirhuta
U+11480–U+114DF
 यो पृष्ठले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा ध्वन्यात्मक ट्रान्सक्रिप्सनहरू समावेश गर्दछ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला प्रतीकहरूमा परिचयात्मक गाइडको लागि, यो हेर्नुहोस्

तिरहुता (তিৰহুতা) वा मिथिलाक्षर (মিথিলাক্ষৰ) मैथिली भाषाको लिपि हो। तिरहुता लिपिको इतिहास धेरै लामो रहेको छ। यस लिपि प्रतिको उदासिनता तथा न्यून प्रयोगले प्राय: जसो मैथिली भाषी तिरहुता लिपिको सट्टा देवनागरी लिपिमै लेख्न अभ्यस्त भइसकेका छन्। तर हालको वर्षमा यस लिपिको प्रयोग घट्दो देखिन्छ। तर हाल केही पारम्परिक ब्राह्मण (पण्डित) 'पाता' (विवाह आदि सँग सम्बन्धित पत्र) पठाउनका लागि यस लिपिको प्रयोग गर्छन। यस लिपि बंगला लिपि सँग मिल्दोजुल्दो छ तर यो थोरै भिन्न छ। यो पढ्नमा बङ्गला लिपि भन्दा धेरै कठिन छ।

इतिहास तथा वर्तमान अवस्था[सम्पादन गर्नुहोस्]

यस लिपिको सबैभन्दा प्राचीन अभिलेख नेपालको जानकी मन्दिरमा फेला परेको छ। प्राचीन समयमा यस ठाउँमा संस्कृत भाषाको समेत विकासको लागि महत्त्वपूर्ण योगदान रहेको इतिहासबिद्धहरू बताउछन्। यस लिपिको कम्प्युटरमा प्रयोग गर्न मिल्ने फन्टको विकास सन् २००३ मा भएको हो।[२] त्यस्तै यस लिपिको प्राचीन नमुना भारतको दरभंगा जिल्लाको कुशेश्वरस्थान नजिकै एउटा शिवमन्दिर रहेको छ त्यसै मन्दिरमा पूर्वी मागधी प्राकृतमा लेखिएको छ कि मन्दिर 'कात्तिका सुदी' ( अर्थात कात्तिक शुक्ल प्रतिपदा) शके १२५ (अर्थात २०३ ई सन्) मा निर्माण गरिएको थियो। यस मन्दिरको लिपि र आधुनिक तिरहुता लिपिमा थोरै अन्तर रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.ancientscripts.com/tirhuta.html
  2. Pandey, Anshuman, "N4035: Proposal to Encode the Tirhuta Script in ISO/IEC 10646", अन्तिम पहुँच ३ जुलाई २०१४ 

बाह्य स्रोतहरू[सम्पादन गर्नुहोस्]