कृष्णप्रसाद शर्मा वस्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

धनकुटामा जन्मिएका कृष्णप्रसाद शर्मा वस्ती(१९८८-२०७१) संस्कृत साहित्य र पुराणेतिहास विषयका आचार्य हुन् । उनले वाराणसेय संस्कृत विश्वविद्यालयबाट पुराणेतिहास विषयमा आचार्य तथा त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए. गरेका हुन् । संस्कृत र नेपाली दुबै विषयका ज्ञाता वस्ती धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । २००८ सालमा ग्रामीण पाठशालाबाट जागिरे जीवन प्रारम्भ गरेका वस्तीले चार दशकसम्म धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापन गरेको देखिन्छ ।

उनी कर्तव्यनिष्ठ प्राध्यापक र आध्यात्मिक गुरुका रूपमा परिचित छन् । संस्कृतमा फाटफुट सृजना भए पनि नेपालीमा चाहिँ प्रशस्त काव्यकृतिहरू प्रकाशन गरिसकेका वस्तीका कविता, जीवनी, वंशावली र खण्डकाव्यसम्मका विविध विधाका पुस्तकहरू प्राप्त छन् । वस्तीका बारेमा विश्व विद्यालयका थुप्रै विद्यार्थीले शोध गरेका छन् । वस्तीका ३ छोरा र २ छोरी छन् ।

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  • नरहरि (खण्डकाव्य ०६३),
  • शक्तिमाता (खण्डकाव्य ०६३),
  • ठूलीआमा (खण्डकाव्य ०६३),
  • वाणी स्मरण (निबन्ध सङ्ग्रह २०६०),
  • कृष्णराज (खण्डकाव्य २०६४)।

वस्तीका कृतिलाई हेर्दा उनका तीनवटा खण्डकाव्यहरू एकै सालमा प्रकाशित भएका पाइन्छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

[१][dead link] [२] [३] वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-१० मिति