पहलमानसिंह स्वाँर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पहलमान सिंह स्वाँरबाट अनुप्रेषित)

पहलमान सिंह स्वाँर नेपाली भाषाका नाटककार तथा साहित्यकार थिए। उनको जन्म बि.स. १९३५ साल सुदूरपश्चिमको अछाम जिल्लाको रिडिकोटमा बुवा लक्ष्मीसिंह स्वाँर र आमा डीकरा देवी स्वाँर(पानमता)को कोखबाट भएको थियो। सात दाजुभाई मध्ये उनी सबै भन्दा कान्छा थिए। सम्पन्न परिवारमा जन्मेकाले उनको बाल्यकाल राम्रो संगनै बित्यो। १६ वर्षको उमेरमानै उनले सरकारी सेवामा प्रबेश गरेका थिए। बहुप्रतिभाका धनि भाषा, साहित्य, सामाजिक चेतना परिवर्तनमा विशेष योगदान छोड्न सफल स्वाँरले त्यस बेला समाजमा रहेको बालबिबाह, बहुबिबाह, छुवाछुत, जातपात जस्ता कुरामा बिरोध जनाएको पाइन्छ। राणा शासनमा उनका बुवाको सर्बस्वो हरण गरियो, त्यसबेला उनी भागेर भारतको सिंहाई भन्ने ठाउमा गएर केहि समय कपडा उधोग चलाएर बस्नु भएको थियो। यसरि समाजको निम्ति धेरै काम गर्दा गर्दै स्वाँरको ५६ वर्षको उमेरमानै देहान्त भयो। स्व. पहलमान सिंह स्वाँरका नामबाट कैलालीमा पहलमानपुरगा.बि.स., स्कूल, सिलगढी साँफे सडकलाई पहलमान सिंह मार्ग नामाकरण गरिएको छ भने पहलमान सिंह स्वाँर स्मृति पुरुस्कारको पनि स्थापना गरिएको छ। नेपाली साहित्य मा उहाको महत्वपूर्ण योगदान रहेको छ ।

भाषा, साहित्य[सम्पादन गर्नुहोस्]

पहलमान सिंह स्वाँरको नेपाली भाषा, साहित्यमा ठुलो योगदान रहेको पाइन्छ। नेपाली साहित्यमा पहिलो दुखान्त नाटक लेख्न सफल स्वाँरले आछ्मी भाषामा पनि लालुभागा नामको नाटक लेखेका छन्। साहित्यका विभिन्न बिधामा कलम चलाउन सिपालु स्वाँरले कविता, काब्य बिधामा- प्रेमामृत कविता सङ्ग्रह, बाल उपदेश, खोर रहस्य। नाटक बिधामा- अटल बहादुर, लालुभागा, बिष्णुमाया, जगत सिंह। ईतिहास बिधामा- अछामका चाँड पर्व, स्वाँरको कुरा । अन्केंदुशेखर, सत्तर जेलखानको नियम, नेपाल उद्योग कलकारखाना सामान्य नियम, कर सम्बन्धि सुझाब, एकलाख रुपियाको चोरी, धर्म, दर्शनतीर- योग दर्शन, रामायण किस्किनधा काण्ड, भाजनमाला लगायत ३२ कृतिहरु प्रकाशित भएका छन्। [१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पहलमानको खोजी", pratinidhibelgium.com, अन्तिम पहुँच २०१४-१०-१३ [dead link]
  2. चिनारी वर्ष-१ अंक-४

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

पहलमानसिह स्वारका केही कृतिहरु:- -अटल बहादुर -एक लाख रुपैयाको चोरी