राजेश पायल राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


राजेश पायल राई
जन्मवि.स. २०३२ असोज १४
खोटाङ,बुइपा
विधाआधुनिक, पप,
पेशागायक, अभिनेता
सक्रिय वर्ष२०४५

राजेश पायल राई नेपाली गायक हुन ! उनले थुप्रै नेपाली चलचित्रका [१] गीतहरूमा स्वर दिइसकेका छन ! उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ। पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रूपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो। उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो । उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन्। उनले २०६६ सालमा प्रसारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । यसैगरी[२] उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा अभिनय चलचित्रहरूमा समेत अभिनय गरिसकेका छन्।


गायन-यात्रा[सम्पादन गर्नुहोस्]

उनले २०४५ सालबाट संगीत यात्रा सुरु गरेका हुन् । उनले पहिलो पटक २०५४ सालमा अशोक शर्माको चलचित्र गरिबको तीन वटा गीतमा आफ्नो स्वर दिएका हुन् ।

कृतिहरू[सम्पादन गर्नुहोस्]

  • मुर्छना (२०५२)
  • पूर्वमा रङ चढेछ (०५३)
  • जष्ट फर यू (०५४)
  • लभ लेटर (०५५)
  • बैगुनी रैछौ मायालु
  • निगाह (०५६)
  • जदौ (०५८)
  • कामना (२०६१)
  • जदौ–२ (०६३)
  • दर्शन नमस्ते (०६५)
  • राई ईज किङ (०६६)
  • जदौ ३ (२०६८)

पुरस्कार/सम्मान[सम्पादन गर्नुहोस्]

  • चलचित्र शिलशिलाबाट (२०६६) सालमा अवार्ड
  • छिन्नलता पुरस्कार (२०६७) मा
  • अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् ।

उनले अभिनय गरेका चलचित्रहरु[सम्पादन गर्नुहोस्]

  • दैवसंजोग
  • दौतरी
  • परेनि माया जालैमा
  • सी माला
  • गुण्डाराजमा लगायतका चलचित्रहरूमा अभिनय गरिसकेका छन् ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

http://celebritynepal.com/music/singer/rajesh-payal-rai-profil http://nagariknews.com/friday/story/23389.html

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

http://celebritynepal.com/music/singer/rajesh-payal-rai-profil http://nagariknews.com/friday/story/23389.html

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named http://celebritynepal.com/music/singer/rajesh-payal-rai-profil
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named http://nagariknews.com/friday/story/23389.html