प्रश्‍नोपनिषद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अथर्ववेदको पिप्पलाद संहिता अन्तर्गत ब्राह्मण ग्रन्थको एकभागको नाम प्रश्नोपनिषद् (प्रश्न उपनिषद्र) हो । पिप्पलाद संहिताका ब्राह्मण र आरण्यक ग्रन्थ अहिले उपलब्ध छैनन्, ब्राह्मण ग्रन्थको उपनिषद् अंश मात्र प्राप्त छ । यसमा भारद्वाजका छ पुत्रद्वारा सोधिएका प्रश्नको उत्तर पिप्पलाद ऋषिले दिएको प्रसङ्ग उल्लेख छ, त्यसैले यसकोनाम प्रश्नोपनिषद् रहेको देखिन्छ । यसमा मुख्यतः प्राणको उत्पत्ति, यसको शरीरमा प्रवेश तथा उत्क्रमण आदि र ब्रहमविद्या सम्बन्धी गूढ रहस्यको चर्चा गरिएको छ ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौँ : अभिनव प्रकाशन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]