ढाँचा:प्रमुख लेख/जनवरी, २०१५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। (पूरा  पढ्नुहोस्...)