जियानलुका गौडीनो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जियानलुका गौडीनो
व्यक्तिगत जानकारी
पुरा नाम जियानलुका गौडीनो
उचाइ १.७५ मि( ५ फिट ९ इन्च)
खेल्ने स्थान(हरू) मिडफिल्डर
युवा करियर
२००४-२०१४ बायर्न म्युनिख
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१४- बायर्न म्युनिख (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

जियानलुका गौडीनो(जन्म ११ नोभेम्बर १९९६) जर्मन फुटबल मिड फिल्डर हुन् जो हाल बायर्न म्युनिखबाट खेल्ने गर्छन् ।

क्लब जीवनवृति[सम्पादन गर्नुहोस्]

मिड फिल्डर गौडिनो बायर्न म्युनिख एकेडेमीका उत्पादन हुन् । उनलाई पहिलो टिममा २०१४-१५ सिजनमा बढुवा गरिएको थियो । उनले पेप ग्वार्डेओलालाई प्रभावित पारेका थिए । पुरा ९० मिनेट मैदानमा रहेर १३ अगष्ट २०१४ मा पहिलो टीमबाट उनले डेब्यु गरेका थिए तर जर्मन सुपर कपको उक्त खेल बायर्नले बोरूसिया डर्टमन्डलाई सुम्पियो । बुन्डेस लिगामा भीएफएल उल्फ्सबर्ग विरूद्ध डेब्यु गरेका उनले आफुलाई थप आलोचनाको सिकार हुन दिएनन्, बायर्नले उक्त खेल २-१ ले जित्यो । गौडिनो बायर्नको इतिहासका चौथो कान्छा डेब्युटान्ट खेलाडी हुन् । गौडिनोले १० डिसेम्बर २०१४ मा सीएसकेए मस्को(CSKA MOSCOW)लाई बायर्नले ३-० ले पराजित गरेको खेलमा युइएफए च्याम्पियन्स लिगको डेब्यु गरे ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

जर्मनीको हनाउ भन्ने ठाउँमा जन्मिएका उनी पुर्व खेलाडी मौरिजो गौडीनोका छोरा हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]