बुरुली अल्सर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुरुली अल्सर
विभाग:Infectious diseases Edit this on Wikidata

बुरुली अल्सर (Buruli ulcer) (साथसाथै बार्न्सडेल अल्सर (Bairnsdale ulcer), सिर्यल्स अल्सर (Searls ulcer), वा डेन्ट्री अल्सर (Daintree ulcer)[१][२][३]भनेर पनि चिनिने) एउटा सङ्क्रमक रोग हो जुन माइकोब्याक्टेरियम अल्सरन्सको कारणले हुने गर्दछ।[४] यस संक्रमणको प्रारम्भिक अवस्थालाई दुखाई रहित गाँठो वा सुन्निएको क्षेत्र भनि चित्रित गरिएको छ।[४] यो गाँठो अल्सरमा परिणत हुनसक्छ।[४] अल्सर छालाको बाहिरी भागमा भन्दा भित्रि भागमा अझ् ठुलो हुनसक्छ,[५] र वरीपरी सुन्निएको हुनसक्छ।[५] रोग अझ् खराब हुँदै जाँदा, हड्डी पनि संक्रमित हुनसक्छ।[४] बुरुली अल्सरहरू धेरैजसो हात र खुट्टाहरूमा हुने गर्दछ;[४] ज्वरो कहिलेकाहीँ देखा पर्न सक्छ।[४]

एम्. अल्सरन्सले माइकोल्याक्टोन नामक एउटा विष पैदा गर्दछ, जसले प्रतिरक्षा प्रणाली कार्यक्षमता घटाउँछ र तन्तुको मृत्यु हुने गर्दछ।[४] सोही समूहको ब्याक्टेरियाले पनि क्रमश: क्षयरोगकुष्ठरोग (एम्. क्षयरोग तथा एम्. कुष्ठरोगगराउँदछ)।[४] रोग कसरी फैलिन्छ भन्ने कुरा थाहा हुँदैन।[४] फैलाउनमा पानीका स्रोतहरूको भूमिका रहन सक्दछ।[५] 2013 सम्ममा कुनै प्रभावकारी खोप थिएन।[४][६]

यदि मानिसहरूको चाँडै उपचार गर्न सकियो भने, आठ हप्तासम्म एन्टिबायोटिकहरू सेवन गर्नाले 80% मानिसमा यो प्रभावकारी हुन सक्छ।[४] उपचारमा प्राय: औषधिहरू rifampicinstreptomycin को प्रयोग हुने गर्दछ।[४] Clarithromycin वा moxifloxacin कहिलेकाहीँ streptomycin को सट्टामा प्रयोग गरिने गर्दछ।[४] अन्य उपचारहरूमा अल्सरलाई काटेर फाल्ने जस्ता कुराहरू पर्दछन्।[४][७] संक्रमण निको भएपछि, सामान्यतया सो क्षेत्रमा दाग रहने गर्दछ।[६]

बुरुली अल्सरहरू आम रूपमा ग्रामिण उप-साहारा अफ्रिका , विशेषगरी आइवरी कोस्ट मा हुने गरेको पाइन्छ, तर यो एसिया, पश्चिमी प्रशान्त र अमेरिका महाद्विपहरूमा पनि हुनसक्छ।[४] यस्ता केसहरू 32 भन्दा बढी देशहरूमा देकिएका छन्।[५] हरेक वर्ष करीब पाँच देखि छ हजार केसहरू देखा पर्ने गर्दछन्।[४] यो रोग मानिस बाहेक अन्य थुप्रै जनावरहरूमा पनि हुने गर्दछ।[४] अल्बर्ट रस्किन कुक बुरूली अल्सरहरूलाई व्याख्या गर्ने पहिलो व्यक्ति हुन् उनले सन् 1897 मा यसको व्याख्या गरेका थिए।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. James, William D.; Berger, Timothy G.; et al. (२००६), Andrews' Diseases of the Skin: clinical Dermatology, Saunders Elsevier, पृ: 340, आइएसबिएन 0-7216-2921-0 
  2. Rapini, Ronald P.; Bolognia, Jean L.; Jorizzo, Joseph L. (२००७), Dermatology: 2-Volume Set, St. Louis: Mosby, Chapter 74, आइएसबिएन 1-4160-2999-0 
  3. Lavender CJ, Senanayake SN, Fyfe JA, et al. (जनवरी २००७), "First case of Mycobacterium ulcerans disease (Bairnsdale or Buruli ulcer) acquired in New South Wales", Med. J. Aust. 186 (2): 62–3, पिएमआइडी 17223764 
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ ४.१२ ४.१३ ४.१४ ४.१५ ४.१६ "Buruli ulcer (Mycobacterium ulcerans infection) Fact sheet N°199", World Health Organization, जुन २०१३, अन्तिम पहुँच २३ फेब्रुअरी २०१४ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ Nakanaga, K; Yotsu, RR; Hoshino, Y; Suzuki, K; Makino, M; Ishii, N (२०१३), "Buruli ulcer and mycolactone-producing mycobacteria.", Japanese journal of infectious diseases 66 (2): 83–8, पिएमआइडी 23514902 
  6. ६.० ६.१ Einarsdottir T, Huygen K (नोभेम्बर २०११), "Buruli ulcer", Hum Vaccin 7 (11): 1198–203, डिओआई:10.4161/hv.7.11.17751, पिएमआइडी 22048117 
  7. Sizaire V, Nackers F, Comte E, Portaels F (२००६), "Mycobacterium ulcerans infection: control, diagnosis, and treatment", Lancet Infect Dis 6 (5): 288–296, डिओआई:10.1016/S1473-3099(06)70464-9, पिएमआइडी 16631549