खप्तड ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खप्तड ताल
रहेको स्थानडोटी, नेपाल
भौगोलिक निर्देशांक२९°२३′१२″उ॰ ८०°१०′०६″पू॰ / २९.३८६६७°N ८०.१६८३३°E / 29.38667; 80.16833निर्देशाङ्कहरू: २९°२३′१२″उ॰ ८०°१०′०६″पू॰ / २९.३८६६७°N ८०.१६८३३°E / 29.38667; 80.16833
प्रकारसफा पानीको ताल
सिंचित क्षेत्रनेपाल
किनारको लम्बाईओसिलो चौर
सतहको उचाई३,०५० मी (१०,०१० फिट)
किनारको लम्बाईको उचित मापन भएको छैन ।

खप्तड ताल नेपालको डोटी जिल्लामा अवस्थित ताल हो ।[१] यो ताल खप्तड राष्ट्रिय निकुञ्जको उत्तर-पूर्वमा तथा समुन्द्र सतहबाट ३०५० मिटरको उचाइमा अवस्थित छ ।[२][३]

यो ताल १२ हजार फिटभन्दा बढी उचाइमा रहेको छ । त्यसलाई खापर दह भनिन्छ । यस दहको वरिपरि रङ्गीचङ्गी फूल फुल्ने गर्दछ । खापर दहको छेउमा खापरे मष्टोको पुरानो मन्दिर र हेमकाण्ड छ । यीबाहेक खप्तडका अन्य पनि आकर्षणका ठाउँहरू पनि छन् । नागढुङ्गा, जेठी बहुरानी ढुङ्गा, रयाई घट्ट, छयाई पानी, भीमढुङ्गा, ददुली खडुलीमाइको मन्दिर, डाँफपे कोट आदि ।[४]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Lakes and Ponds", अन्तिम पहुँच अप्रिल २०१५ 
  2. "Khaptad National Park", अन्तिम पहुँच अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-१३ मिति
  3. "Khaptad National Park", अन्तिम पहुँच अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२५ मिति
  4. Khaptad National Park Trek | Khaptad lake | Khaptad Baba Swami place | वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]