ढाँचा:प्रमुख लेख/मे, २०१५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको बिषहजारी ताल

चितवन राष्ट्रिय निकुञ्ज (अङ्ग्रेजी: Chitwan National Park; पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी (३६० वर्ग माइल) छ । यसको अवस्थिति उंचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ ।

चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यलय कसरा मा रहेको छ । सबैप्रकारका प्रसासनिक कामहरु कसरा बाटनै हुने गर्दछन । सन् १९५१ सम्म चितवन उपत्यका तत्कालिन शासकहरूका बिचमा शिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्धार नजीकैको शहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ। (पूरा  पढ्नुहोस्...)