झाँता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झाँता अछाम जिल्लाको बाटुलासैन गाविसमा पर्ने एक गाउँ हो । यो गाउँ बाटुलासैन गाविसको वडा नंवर ७ मा पर्दछ । प्राचिन कालमा बुढेतोला नाम रहेको यो गाउँमा गौतम गोत्रीय झाँती बटाला चन्दहरू आएर बसोवास गरेपछी यस गाउँको नाम झाँता रहन गएको हो । यो गाउँ बटालाहरूकालागि आफैमा एक ऐतिहासिक ठाउँ हो । पछिल्लो समयमा यस गाउँका बटालाका अग्रज तथा वर्तमान समयका युवाहरूको सक्रियताका कारण अहिले झाँता बाटुलासैनकै एक केन्द्रको रूपमा रहेको छ । राजनीतिक, सामजिक, आर्थिक र शैक्षिक हिसाबले यो गाउँ बाटुलासैन गाविसको केन्द्रको रूपमा स्थापित भएको छ । [१]

झाँताका ऐतिहासिक धरोहरहरू[सम्पादन गर्नुहोस्]

झाँता गाउँ झाँती बटालाहरूको पुर्ख्यौली स्थान हुनुका साथै यस गाउँमा विभिन्न ऐतिहासिक धरोहरहरू रहेका छन् ।

नाग ढुङ्गो[सम्पादन गर्नुहोस्]

झाँता गाउँको दहसैन भन्ने ठाउँमा एक ढुङ्गा रहेको छ जसलाई स्थानियहरू नागढुङ्गो भन्दछन् । प्राकृतिक हिसाबले अत्यन्त अनुपम रूपमा अवस्थित यो ढुङ्गो र यसको तल रहेको प्राचिन ताल ( जो अहिले पुरीसके पनि केही भागलाई बण्डको रूपमा प्रयोग गरिन्छ ) यसको संरक्षण गरी धार्मिक महत्त्वलाई उजागर गरी यस क्षेत्रकै महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा विकास गर्न जरुरी छ ।

डाँडाथाई[सम्पादन गर्नुहोस्]

झाँता गाउँमा रहेको डाँडाथाई पनि यस गाउँको ऐतिहासिक महत्त्व बोकेको जिउँदो धरोहर हो । अहिले यस ठाउँको अस्तित्व संकटमा परेको छ । यसको संरक्षण र यससँग जोडिएक ऐतिहासिक पक्षको उजागर हुन अति आवस्यक देखिन्छ ।

सात ओखल[सम्पादन गर्नुहोस्]

झाँता गाउँका सात ओखल किन यस प्रकारका अनौठा ओखलहरू बनाईए ? ति ओखलको वास्तविक प्रयोजन के थियो ? कसले कुन उदेश्यकालागि यि ओखलहरू बनायो ? यिनले बोकेको ऐतिहासिक पक्ष तिनै ढुङ्गाको गर्भमा सिमित छ । त्यो सदियौं देखि उजागर हुने प्रतिक्षामा छ । यि माथि उल्लेखित स्थानहरूका साथै झाँता गाउँमा बाजमारे गडो, सुनपानी धारो, ठुलो खलो र पिपलको रुख रहेका छन् । जसले यस गाउँको ऐतिहासिक महत्त्वलाई उजागर गर्न सक्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय लेखक राजेश कुमार बटाला

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]