अतियथार्थवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अतियथार्थवाद संस्कृत समस्त शब्द हो । यसको शाब्दिक व्युत्पत्ति यसरी गर्न सकिन्छ, जस्तै - अतिक्रान्तो यथार्थो येन सः वादः अतियथार्थवादः, अर्थात् बाह्य यथार्थलई अतिक्रमण गरेर आन्तरिक यथार्थसम्म पुग्ने वाद वा सिद्धान्त अतियथार्थवाद हो । [१]

परिचय[सम्पादन गर्नुहोस्]

अतियथार्थवाद अङ्ग्रेजी र्सिरयलिज्मको नेपाली पर्यायका रूपमा रहेको वाद हो । यो अन्तर्मन अर्थात् अवचेतन मनको यथार्थलाई अभिव्यक्ति दिने बिसौं शताब्दीको एक आन्दोलनका रूपमा पनि परिचित छ । यो सन् १९२१ मा आफुभित्र दादावादलाई प्रवेश गराएर अस्तित्वमा आएको देखिन्छ । फ्रायडेली मनोविश्लेषणबाट प्रभावित यस वादले मुख्यतः अचेतनको अभिव्यक्तिलई आत्मसात गर्छ । यो वाद दोश्रो विश्वयुद्धसम्म व्यापक रूपमा अस्तित्वमा थियो । यो प्रथम र द्वितीय दुई विश्वयुद्धका बीचको समयमा स्थापित र विकसित वाद हो । यसको पूर्व रूपलाई दादावाद भनिने तथा परम्परागत मूल्य, मान्यता र तर्कको विद्रोहको रूपमा देखा परेको पनि बुझिन्छ ।

दादावाद के हो त ?

युद्धले संस्कृति, सभ्यता सबै मास्छ । मान्छे आपूmलाई विजयी घोषणा गर्ने अन्धो प्रवृत्तिमा आत्माविनासको भय बढ्छ । युद्ध आपैmँमा असभ्य र बर्बरतापूर्ण हुन्छ । यसले पाशविकतालाई मलजल गर्छ । मान्छेले मान्छेलाई ध्वंश बनाउने अराजकताका विरुद्ध थालिएको रचना तथा चिन्तन दादावादको रूपमा परिणत भयो । यसका प्रवर्तन आन्द्रे बेतोँ हुन् । उनले साहित्यिक आन्दोलनको प्रारम्भ फ्रान्सबाट गरेका हुन् ।

अतियथार्थवादको प्रमुख धारणा -

यथार्थवादका विपरीत देखा परेको मान्यता

यथार्थभन्दा परको, यथार्थभन्दा माथिको वाद......आदि भनिने

सन् १९२० को दशकमा फ्रान्सको पेरिसमा कला साहित्यको आन्दोलनका रूपमा विकसित यो वाद फ्रायडको मनोविश्लेषण सिद्धान्तबाट प्रेरित रहेको

स्तरीय तार्किकताको उपेक्षा गर्दै आघातपूर्ण र नृशंश अभिव्यक्ति प्रदान गर्ने

आन्द्रे बेतौँको सन् १९२४ र १९३० का दुईवटा घोषणापत्रले जन्माएको वाद

‘मानव मनलाई विविध आग्रह र पूर्वाग्रहबाट मुक्ति दिने तथा आन्तरिक र बाह्य सत्यको समन्वयमा प्रयास गर्ने यस अतियथार्थवादले नै मान्छे र ब्रह्माण्डको यथार्थ सम्बन्ध देखाउन सक्दछ ।’ – आन्द्रे बेतोँ

सन् १९३६ मा लन्डनमा यो वादले पक्ष विपक्षमा व्यापक चर्चा हुँदा आलोचनाको सामना गरेको

यिनले चेतन मनलाई होइन अवचेतन मनका भावले साहित्यलाई वास्तविकतातर्पm धकेल्ने राय राख्छन् ।

स्वचालित लेखनमा अभिव्यक्ति तत्काल र नैसर्गिक हुने हुँदा मनोगत भावबिम्व र त्यसको शाब्दिक अभिव्यक्तिमा समयगत अन्तर रहँदैन ।

साहित्यको मूल चीज मनोगत भावबिम्व हो ।

कुनै वस्तुको बिम्वलाई वास्तविक मानिदैन भने त्यसको मूल्य हुँदैन ।

जुन वस्तुलाई राम्रो मान्दैनौँ त्यो जति राम्रो भएर अघि आए पनि घृणा नै लाग्छ ।

प्रमुख मान्यताहरू[सम्पादन गर्नुहोस्]

यस वादका प्रमुख मान्यताहरू यसप्रकार रहेका पाइन्छन् ः

  • परम्परागत रुढी एवं व्यवस्थालाई अस्वीकार गर्नु,
  • अभिव्यक्त हुन नसकेका प्रकृति एवं जीवनका पाटालाई चित्रण गर्नु,
  • यौनको उन्मुक्त तथा नग्न चित्रण गर्नु,
  • बुद्धि विवेकको बन्धनबाट रचनालाई मुक्त गर्नु,
  • अनीश्वरवादी जीवनदर्शन अँगाल्नु,
  • अचेतन लेखनलाई महŒव दिनु ।
  • साहित्यको सम्बन्ध सपना र अर्धचेतनसँग हुन्छ । बाह्य जगत्भन्दा मनोजगत्को यथार्थमा विशेष विश्वास गर्ने । शब्द, वाक्यगत सम्प्रेषणभन्दा समष्टि भाव र अर्थ सम्प्रेषण केन्द्रित रहने । परिवर्तन नै लेखकको मूल लक्ष्य रहने । पुराना मूल्य, मान्यता, रूढि, नैतिकता र परम्पराले मानवीय मनको खोजीमा अवरोध खडा गर्दछ । मनका अनुभवहरूको स्वतन्त्र अभिव्यक्तिमा जोड दिने । बहिष्कृत र नसमेटिएका प्रकृति एवम् जीवनका पाटालाई समेट्नु । आधुनिकताले यान्त्रिक बनाइएका स्वतन्त्रहीनतामा प्रेम, यौन आदि वृत्तिहरूको खोजी गरी स्त्री पुरुषहरूको स्वतन्त्र, उन्मुक्त र स्वच्छन्द तथा नग्न वर्णन गर्नु ।
  • बुद्धि, विवेकको बन्धनबाट रचनालाई मुक्त गरी जीवनका सहज र भावातिरेक कल्पनालाई सहजानुभूतिपूर्ण अभिव्यक्ति प्रदान अनिश्वरवादी जीवनदर्शन, चरम विद्रोही र उन्मुक्तमा केन्द्रित रहनु माक्र्सको सिद्धान्त अनुरूप आर्थिक र सामाजिक पुनर्गठन चाहनु सचेत लेखनले मानवीय मूल्यलाई खुल्न नदिने हुनाले अमूर्त, स्वप्न, तन्द्रावस्था तथा अचेतन अवस्थालाई विविध मनस्थितिका आधारबाट विश्लेषण गर्नुपर्ने मान्यता । तारतम्यहीन स्वचालित लेखनमा लेखकले समाजका हरेक बन्धनबाट मुक्त हुनुपर्ने मान्यता स्वचालित लेखन भनेको के हो ? मनको त्यस्तो अवस्था हो जुन अवस्थामा अभिव्यक्ति तत्काल र एवम् नैसर्गिक रूपमा हुन्छ र भाव चित्र तथा त्यसको शाब्दिक प्रतिक्रियामा समयको कुनै अन्तर हुँदैन । – हर्बर्ट रिड

नेपाली साहित्यमा यसको प्रयोग[सम्पादन गर्नुहोस्]

लैनसिंह बाङ्देलको लङ्गडाको साथी र इन्द्रबहादुर राईको आज रमिता छ उपन्यासमा अतियथार्थवादको प्रभाव रहेको पाइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]