लेखा अभिलेख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखा अभिलेख भनेको ज्ञानको त्यस्तो शाखा हो, जुन व्यवसायको आर्थिक कारोबारहरूलाई नियमित, सु-व्यवस्थित र क्रमबद तरिकाले विभिन्न पुस्तिकाहरूमा अभिलेख गर्ने कार्यसँग सम्बन्धित छ। अर्थात् मौद्रिक मूल्यमा व्यक्त गर्न सकिने सम्पूर्ण व्यावसायिक कारोबारहरूको अभिलेख राख्ने कार्य सँग सम्बन्धित विषयलाई लेखा अभिलेखन भनिन्छ। लेखा अभिलेखकै आधारमा संस्थाको विक्रि, खरिद, नाफा, नोक्सान, तिर्नुपर्ने, पाउनुपर्ने, जम्मा सम्पत्ति आदि सम्पूर्ण बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।


लेखाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब, रजिस्टर आदि र सो कारोबारलाई प्रमाणित गर्ने बिल, भरपाई, रसिद लगाएतका अन्य कागजात समेतलाई जनाउँदछ ।