रामधुनी-भासी नगरपालिका
रामधुनी-भासी नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | कोशी अञ्चल |
जिल्ला | सुनसरी जिल्ला |
स्थापना | २०७१ मंसिर १६ गते |
सरकार | |
• मेयर | शंकर लाल चौधरी, नेकपा(एमाले) |
• उप मेयर | तारा थापा, नेकपा(एमाले) |
क्षेत्रफल | |
• जम्मा | ९१.६९ किमी२ (३५.४० वर्ग माइल) |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१] | |
• जम्मा | ५१,७२२ |
• घनत्व | ५६०/किमी२ (१५००/वर्ग माइल) |
पुरुष: २३,९८४ + महिला २७,७३८ | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७२५ |
वेबसाइट | रमधुनिमुन.गव.एनपी |
रामधुनी-भासी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने सुनसरी जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३][४] झुम्का बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[५][६] यो नगरपालिका २०७१ मंसिर १६ गते देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ पौष ०१ गते देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा भादगाउँ सिनुवारी र सिंगिया गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ६१ नयाँ नगरपालिका थपिंदा रामधुनी-भासी पनि नगरपालिका बनेको हो ।[७] महानगरपालिका, उपमहा - नगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[७]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
भादगाउँ सिनुवारी र सिंगिया गाविसहरूलाई मिलाएर रामधुनी-भासी नगरपालिका बनाइएको हो ।[२] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर रामधुनी-भासी नगरपालिकाको जनसङ्ख्या २८,५४९ रहेको छ । रामधुनी-भासी नगरपालिकामा ६,३४७ घरधुरि छन ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
- ↑ २.० २.१ "जिल्ला विकास समिति, सुनसरी (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सुनसरी, http://www.ddcsunsari.gov.np/।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "सुनसरीमा दुई उपमहानगर, तीन नगरपालिका", इटहरी एफ एम, इटहरी एफ एम, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
- ↑ "६१ नगरपालिका थपिए, कुन गाविस कुन नगरपालिकामा? सूची हेर्नुस्", पहिलो पोस्ट, पहिलो पोस्ट, १६ मंसिर २०७१, अन्तिम पहुँच मंसिर १६।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ ७.० ७.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |