दोधारा चाँदनी नगरपालिका
दोधारा-चाँदनी नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्रहरु | सुदूर-पश्चिमाञ्चल |
अञ्चल | महाकाली अञ्चल |
जिल्ला | कञ्चनपुर |
क्षेत्रफल | |
• जम्मा | ५८ किमी२ (२२ वर्ग माइल) |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स. २०६८)[२] | |
• जम्मा | ३९,२५३ |
• घनत्व | ६८०/किमी२ (१८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-९९ |
वेबसाइट | www.dodharachadanimun.gov.np |
दोधारा-चाँदनी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्नेकञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] दोधारा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । दोधारा-चाँदनी नगरपालिका घोषणा गर्दा दोधारा र चाँदनी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा दोधारा-चाँदनी पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १९१ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
दोधारा र चाँदनी गाविसहरूलाई मिलाएर दोधारा-चाँदनी नगरपालिका बनाइएको हो ।[४] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर दोधारा-चाँदनी नगरपालिकाको जनसङ्ख्या ३९,२५३ रहेको छ । दोधारा-चाँदनी नगरपालिकामा ६,३९२ घरधुरि छन ।[१][२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "जिल्ला विकास समिति, कञ्चनपुर (तथ्याङ्कीय जानकारी)"।
- ↑ २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ ४.० ४.१ "जिल्ला विकास समिति, कञ्चनपुर (नगरपालिकाको वडा विभाजन)"।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |