देउमाई नगरपालिका
देउमाई नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | मेची अञ्चल |
जिल्ला | इलाम जिल्ला |
स्थापना | २०७१ मंसिर १७ |
सरकार | |
• मेयर | सुर्य प्रसाद पोख्रेल |
• उप मेयर | पविमाया राइ |
क्षेत्रफल | |
• जम्मा | ५०.७ किमी२ (१९.६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १०,९४६ |
• घनत्व | २२०/किमी२ (५६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२७ |
वेबसाइट | www.deumaimun.gov.np |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
देउमाई नगरपालिका (English: Chiyabari) नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत मेची अञ्चलमा पर्ने इलाम जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३]
परिचय[सम्पादन गर्नुहोस्]
स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा इलाममा मंगलबारे र धुसेनी गाउँ विकास समितिहरू लाई समेटेर देउमाई नगरपालिका घोषणा गरिएको हो।[३][४][५] देउमाई नगरपालिकाको केन्द्रभने साविकको मंगलबारे बजार रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
देउमाई नगरपालिका मंगलबारे र धुसेनी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार मंगलबारे र धुसेनी गाविसहरूको जनसङ्ख्यालाई जोड्दा देउमाई नगरपालिकाको कूल जनसङ्ख्या १०,९६४ हुन्छ।[१]
पूर्वाधार[सम्पादन गर्नुहोस्]
मंगलवारेलाई नजिकैको धुसेनी गाविससँग गाभेर देउमाई नगरपालिका बनाइएको हो। मंगलवारे पश्चिम इलामको प्रमुख व्यापारिक केन्द्र हो। त्यो ठाउँ नगरपालिका हुँदा बजारवासी खुसी भए पनि धेरै जनसङ्ख्या रहेको गाउँका वासिन्दा धेरै खुसी देखिँदैनन्। ऐतिहासिक स्थल तथा व्यापारिक दृष्टिकोणले प्रख्यात देउमाई पूर्वाधारबिनै नगरपालिका घोषणा हुँदा स्थानीयवासी खुसी हुन नसकेका हुन्।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
- ↑ ५.० ५.१ "नगरपालिका नाममात्रका", नागरिक दैनिक, १७ मङ्सिर २०७१, अन्तिम पहुँच १७ मङ्सिर।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |