सप्तकोशी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सप्तकोशी नगरपालिका
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासप्तरी जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरकृष्ण प्रसाद ढकाल
 • उप मेयररिता कुमारी चौधरी
क्षेत्रफल
 • जम्मा६०.२ किमी (२३.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,१३१
 • घनत्व३५०/किमी (९१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३१
वेबसाइटhttp://saptakoshimun.gov.np/

सप्तकोशी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलमा पर्ने सप्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सप्तरीमा फत्तेपुर, ओद्राहाकमलपुर गाउँ विकास समितिहरू लाई समेटेर सप्तकोशी नगरपालिका घोषणा गरिएको हो।[३][४] सप्तकोशी नगरपालिकाको केन्द्रभने फत्तेपुर गाविसको तुलसीचोकमा रहको छ।[२][५] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सप्तकोशी नगरपालिका फत्तेपुर, ओद्राहाकमलपुर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार फत्तेपुर, ओद्राहाकमलपुर गाविसहरूको जनसङ्ख्यालाई जोड्दा सप्तकोशी नगरपालिकाको कूल जनसङ्ख्या २१,१३१ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  5. "सप्तरीमा थप एक नगरपालिका , सागै अब ४ नगरपालिका", ऑनलाईन साझा, २०७१ मंसीर १७, अन्तिम पहुँच १७ मंसीर 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]