भजनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भजनी-त्रिशक्ति नगरपालिका
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
अञ्चलसेती अञ्चल
जिल्लाकैलाली
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा१४२.०२ किमी (५४.८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,१४९
 • घनत्व२७०/किमी (७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९१
वेबसाइटwww.bhajanitrishaktimun.gov.np/ne

भजनी-त्रिशक्ति नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा पर्ने कैलाली जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा कैलाली जिल्लामा खैलाड, भजनीलालवोझी यी ३ गाउँ विकास समितिहरूलाई समेटेर भजनी-त्रिशक्ति नगरपालिका घोषणा गरिएको हो।[२][३] भजनी-त्रिशक्ति नगरपालिकाको केन्द्र साविकको भजनी गाविसको वडा नं-३ मा रहको छ।[१] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[३]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

भजनी-त्रिशक्ति नगरपालिका साविकका खैलाड, भजनीलालवोझी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ३ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा भजनी-त्रिशक्ति नगरपालिकाको कूल जनसङ्ख्या ३८,१४९ हुन्छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  2. २.० २.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  3. ३.० ३.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]