सापु रोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

http://www.nayapage.com/28432 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति

सापु रोग यो आँखामा लाग्ने एक किसिमको रोग हो जसले अचानक आँखा रातो बनाउँछ । जसलाई हामी सापु रोग भनेर बुझ्न सक्दछौं । अचानक आँखामा लाग्ने यो रोगले छोटो समयमा ज्योति नै गुम्न सक्दछ । उज्यालो हेर्न गाह्रो हुन्छ, कालो भागका बीचमा सेतो देखिन्छ । छोटो अवधिमै आँखाको ज्योति कम हुन्छ । ज्योति गुम्ने अवस्था पनि आउन सक्छ । यो सँधै देखिने रोग होइन । कहिलेकाहीँ देखिने रोग हो, तर एकदमै खतरनाक हुन्छ । यो रोग लागेपछि आँखाका भित्री भागमा संक्रमण भई पिप भरिन्छ । समयमै उपचार गराउन सकेमा आँखाको शल्यक्रिया गरेर गर्न सकिन्छ ।


रोगका लक्ष्णहरु[सम्पादन गर्नुहोस्]

आँखामा चिप्रा नलागेमा उज्यालोमा हेर्न गाह्रो भए आँखाको कालो भागका बीचमा सेतो देखिएमा छोटो समयमै आँखाको ज्योति कम हुँदै जानु


यसबाट सचेत रहने तरिका[सम्पादन गर्नुहोस्]

सेतो पुतलीबाट बालबालिकालाई जोगाउने, पखेटाबाट झर्ने धुलो आँखामा पर्न नदिने, सिएफएल चिमको प्रयोग सकेसम्म नगर्ने, झुल हालेर सुत्ने

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]