भेडीखर्के साइला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीर्घराज अधिकारी
भेडीखर्के साइला
जन्म१९९० साल
नागरिकतानेपाली
पेशागायक

भेडीखर्के साइला लोपुन्मुख ठाडो भाकाका मूर्धन्य ब्यक्तित्व हुन् । [१] भेडीखर्के साइलाको वास्तविक नाम दीर्घराज अधिकारी हो । उनी सुन्दर बजारस्थित छोरी ज्वाईंको घरमा वस्दै आएका छन । १२ वर्षको कलिलो उमेरदेखि ठाडो भाका गाउन थालेका साइलालाई उमेरमा सबैले वाही वाही गर्छन् । १९९० सालमा जन्मिएका उनी हाल दमको समस्याबाट ग्रसित छन् ।[२] दुराडाँडाको ठुलोस्वाराबाट देउबहादुर दुराले गाउन सुरु गरेको ठाडो भाकालाई भेडीखर्के साइँलाले अघि बढाएका थिए । ठाडो भाका लमजुङको मात्रै नभईकन पश्चिमाञ्चलको सम्पत्तिका रूपमा रहेको छ । सिन्दुरेमा रहँदा उनको बुवाको भेडीगोठ थियो । खर्कमा भेडा पाल्ने र दाजुभाइ मध्ये साइँला भएकाले उनको नाम भेडीखर्के साइँला रहन गएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named http://annapurnapost.com/News.aspx/story/18197
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named http://kantipur.ekantipur.com/printedition/news/2015-08-30/20150830102101.html

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]