आँबुखैरेनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आँबुखैरेनी
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लातनहुँ जिल्ला
स्थापना२०७२ आश्विन
क्षेत्रफल
 • जम्मा१२८ किमी (४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,७६८
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको आँबुखैरेनीको कार्यालय

स्थानीय विकास मन्त्रालयले २०७२ आश्विन १ मा २६ वटा नयाँ नगरपालिका थप्दा तनहुँ जिल्लाको आँबुखैरेनीलाई नगरपालिका घोषणा गरेको थियो ।[१][२] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको आँबुखैरेनी नगरपालिकामा छिम्केश्वरीदेउराली गाउँ विकास समितिहरूलाई समेटेर आँबुखैरेनी गाउँपालिका घोषणा गरिएको हो ।[३][४][५] आँबुखैरेनी गाउँपालिकाको केन्द्र साविक आँबुखैरेनी नगरपालिकाको कार्यालय रहको छ ।[६] राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर आँबुखैरेनी गाउँपालिकाको जनसङ्ख्या २०,७६८ रहेको छ ।[७][८]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

आँबुखैरेनी गाउँपालिकामा ६ वडाहरू रहेका छन । आँबुखैरेनीको कुल क्षेत्रफल १२८ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा चितवनगोरखा जिल्ला पर्दछन् भने पश्चिममा बन्दीपुरदेवघाट गाउँपालिका छ । यसको उत्तरी भागमा बन्दीपुर गाउँपालिकागोरखा जिल्ला छ भने दक्षिणी क्षेत्रमा देवघाट गाउँपालिकाचितवन जिल्ला पर्दछन् ।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "तनहुँमा दुई नगरपालिका थपिए भानु र आँबुखैरेनी नगरपालिका", सेतीमादी, १ असोज, २०७२, अन्तिम पहुँच १ असोज [dead link]
  2. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  3. "तनहुँका दुई नगरपालिका गाउँपालिका निर्धारण", कारोबार, २४ पौष, २०७३, अन्तिम पहुँच २४ पौष, २०७३ [dead link]
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  6. "२६ नगरपालिका थप", नागरिक दैनिक, २ असोज, २०७२, अन्तिम पहुँच २ असोज, २०७२ 
  7. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  8. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
  9. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]