मध्यविन्दु नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मध्यबिन्दु नगरपालिकाबाट अनुप्रेषित)
मध्यबिन्दु नगरपालिका
देश नेपाल
विकास क्षेत्रहरुपश्चिमाञ्चल
अञ्चललुम्बिनी अञ्चल
जिल्लानवलपरासी जिल्ला
स्थापना२०७२ आस्विन १
सरकार
 • मेयरचन्द्र बहादुर राना
 • उप मेयरओम कुमारी महतो
क्षेत्रफल
 • जम्मा६९.८ किमी (२६.९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,२२४
 • घनत्व४००/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटmadhyabindumun.gov.np

मध्यबिन्दु नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३][४] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा नवलपरासी जिल्लामा तमसरिया, नारायणीकोल्हुवा यी ३ गाउँ विकास समितिहरूलाई समेटेर मध्यबिन्दु नगरपालिका घोषणा गरिएको हो।[४] मध्यबिन्दु नगरपालिकाको केन्द्र साविकको तमसरिया गाउँ विकास समितिको वडा-४, चोरमारामा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[५]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

तमसरिया, नारायणीकोल्हुवा यी ३ गाउँ विकास समितिहरूलाई मिलाएर मध्यबिन्दु नगरपालिका बनाइएको हो।[६] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ३ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर मध्यबिन्दु नगरपालिकाको जनसङ्ख्या २८,२२४ रहेको छ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  5. "नवलपरासीमा मध्यविन्दु नगरपालिका थप", नारायणी अनलाइन, १ असोज, २०७२, अन्तिम पहुँच १ असोज [dead link]
  6. ६.० ६.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]