करापुटार नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
करापुटार नगरपालिका
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलगण्डकी अञ्चल
जिल्लालमजुङ जिल्ला
स्थापना२०७२ आस्विन १
जनसङ्ख्या
 • जम्मा१०,८३६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६६

करापुटार नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा बाँग्रे, भोर्लेटार, इशानेश्वरकरापु यी ४ गाउँ विकास समितिहरूलाई समेटेर करापुटार नगरपालिका घोषणा गरिएको हो।[४] करापुटार नगरपालिकाको केन्द्र भोर्लेटार गाउँ विकास समितिको भोर्लेटार बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

बाँग्रे, भोर्लेटार, इशानेश्वरकरापु यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर करापुटार नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर करापुटार नगरपालिकाको जनसङ्ख्या १०,८३६ रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]