राप्ती नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राप्ती नगरपालिका
को अवस्थिति
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलनारायणी अञ्चल
जिल्लाचितवन जिल्ला
स्थापना२०७२ आस्विन १
सरकार
 • मेयरप्रभा बराल
 • उप मेयरइमान सिंह लामा
क्षेत्रफल
 • जम्मा९९.४ किमी (३८.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४६,५१०
 • घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५६
वेबसाइटhttp://raptimunchitwan.gov.np

राप्ती नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३][४] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनमा पिप्ले, भण्डाराबिरेन्द्रनगर यी ३ गाउँ विकास समितिहरूलाई समेटेर राप्ती नगरपालिका घोषणा गरिएको हो।[५] राप्ती नगरपालिकाको केन्द्र साबिकको भण्डारा गाउँ विकास समितिको हर्दी बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[५]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

पिप्ले, भण्डाराबिरेन्द्रनगर यी ३ गाउँ विकास समितिहरूलाई मिलाएर राप्ती नगरपालिका बनाइएको हो।[६] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ३ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर राप्ती नगरपालिकाको जनसङ्ख्या ४६,५१० रहेको छ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "चितवनमा थप दुई नगरपालिका", आर्थिक अभियान, २०७२ असोज ४, अन्तिम पहुँच असोज ३ 
  2. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  5. ५.० ५.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  6. ६.० ६.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]