श्री सन्तोष माता गुरुकुल विद्याश्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्री सन्तोषी माता गुरूकुल विद्याश्रम नेपालको लुम्बिनी अञ्चल रुपन्देही जिल्ला बुटबल ९ दिपनगरमा रहेको छ। यस आश्रममा नेपालको संस्कृत स्कुलको पाठ्यक्रम अनुसार ६ देखी १० कक्षासम्म पढाइ हुन्छ। यस आश्रमको स्थापना वि सं २०६४ सालमा माता देवमाया भट्टराई र उहाको पति बाबुराई भट्टराईको अगुवाईमा भएको हो। हाल यस आश्रममा नेपालका विभिन्न स्थानबाट आएर संस्कृतप्रेमी विद्यार्थीहरु अध्ययन गरिरहेका छन्। यस आश्रमले पूर्वदेखी पश्चिम सम्मका मानिसको दिल जोड्ने काम गरेको छ।