राजदेवी मन्दिर, राजविराज
स्वरूप
राजदेवी मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | राजदेवी, राजविराज |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | सप्तरी |
देश | नेपाल |
राजदेवी मन्दिर सप्तरी जिल्लाको सदरमुकाम राजविराजको राजदेवी टोलमा पर्छ । प्राचीन इतिहास बोकेको यस मन्दिरको नामबाटै राजविराज नगरको नाम राखिएको हो । राजदेवी मन्दिर भित्र रहेको भगवतीलाई सेन वंशको इष्टदेवी मानिन्छ । राजदेवी मन्दिर यहाँ रहनुको प्रमुख कारण यहाँ सेन राजाहरूको कचहरी, किल्ला र दरवार रहनु हो । यस मन्दिरमा रहेको भगवतीलाई मनोकामना पूरा गर्ने देवी मानिएको हुॅदा नेपाल र भारतका आमजनमानसको ठुलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ ।[२][३]
इतिहास
[सम्पादन गर्नुहोस्]प्राचीन इतिहास र किम्वदन्तीका अनुसार राजदेवी मन्दिरको उत्पति सेन वंशको समयमा भएको देखिन्छ ।
महत्त्व
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dāsa, Harikāntalāla (२००३), Saptarī Jillākā pramukha sāṃskr̥tika sthalaharu : eka adhyayana : laghuanusandhānakārya (1. saṃskaraṇa. संस्करण), Kāṭhamāḍauṃ: Nepāla Rājakīya Prajñā-Pratishṭhāna, पृ: 120, आइएसबिएन 9789993350569।
- ↑ "Maha Asthami observed today", ekantipur.com। वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-११ मिति
- ↑ "The Goddess with Severed Head", Boss Nepal। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१३ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा राजदेवी मन्दिर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।