ऋचा शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऋचा शर्मा
जन्मऋचा शर्मा
(1985-07-16) जुलाई १६, १९८५ (उमेर ३८)[१]
धनगडी
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००७ – अहिलेसम्म
उचाइ५ फिट ४.५ इन्च (१६४ सेमी)[२]

ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक हुन्। उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन्।[२][३] उनी त्यसपश्चात सङ्गीत भिडियोमा अभिनय गरी लोकप्रिय बनेकी थिइन्।[४] उनले नेपाली चलचित्र फस्ट लभ (२०१०)बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।[५][६] उनले त्यसपछि सन् २०११ मेरो लभ स्टोरी र हाइवेमा काम गरिन्। सन् २०१४ मा लुट नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो।[७] उनी सन् २०१२ मा युवा-केन्द्रित चलचित्र भिसा गर्लमा काम गरेकि थिइन्।[८] उनले पनि सन् २०१४ आलोचनात्मक प्रशंसित चलचित्र टलकजङ भर्सेर टुल्केमा पनि काम गरेकी थिइन्।

जीवनी[सम्पादन गर्नुहोस्]

ऋचा शर्माको जन्म १६ जुलाई १९८५ मा धनगडीमा भएको हो । उनी कैलाली जिल्लामा हुर्किन र अहिले उनी काठमाडौँमा बस्ने गर्छिन् ।[९]

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

चलचित्रहरू
वर्ष शिर्षक भूमिका टिप्पणी
२०१० फस्ट लभ प्रमुख भूमिका
२०११ मेरो लभ स्टोरी प्रमुख भूमिका
२०११ हाइवे प्रमुख भूमिका
२०१२ लूट सहयोगी भूमिका
२०१२ भिसा गर्ल प्रमुख भूमिका
२०१४ टलकजंग भर्सेस टुल्के फुली
२०१५ जिन्दगी रक्स
२०१६ केरी अन कुट्टोन् ज्योतीकि मौसी
२०१६ बाटो मुनिको फूल २ जुनेली
२०१६ को आफ्नो
२०१८ सुनकेसरी सुनकेसरी
२०१८ चक्कर
२०१८ न् यता न् उता

टेलिभिजन शृङ्खला[सम्पादन गर्नुहोस्]

टेलिभिजन
वर्ष शिर्षक भुमिका टिप्पणी
२०११ हाम्रो टिम सीमा टेलिभिजन प्रदापण

चलचित्र[सम्पादन गर्नुहोस्]

चलचित्रहरू
वर्ष शिर्षक भुमिका नोटहरू
२०१० फस्ट लभ मुख्य भुमिका
२०११ मेरो लभ स्टोरी मुख्य भुमिका
२०११ हाइवे मुख्य भुमिका
२०१२ लूट सहायक भूमिका
२०१२ भिसा गर्ल मुख्य भुमिका
२०१४ टलकजंग भर्सेस टुल्के फुली
२०१५ जिन्दगी रक्स

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ऋचा शर्मा", टिकठाक डटकम, अन्तिम पहुँच २४ अक्टोबर २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-०८ मिति
  2. २.० २.१ "मिस नेपाल", मूलबाट २०१२-०४-०४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०४ मिति
  3. ऋचा शर्माको ५ रोचक तथ्य
  4. ऋचा शर्माले उनको पहिलो चलचित्र फस्ट लभमा काम गर्ने भएकी छिन्
  5. "नेपाली चलचित्र फस्ट लभ", एक्स नेपाली 
  6. फस्ट लभको पहिलो कार्यक्रम वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१२ मिति
  7. "उत्कृष्ट व्यापार गर्न सफल नेपाली चलचित्र लुट २", बोस नेपाल, अन्तिम पहुँच १५ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०१ मिति
  8. "भिसा गर्ल (२०१२)", रिल नेपाल  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-०४ मिति
  9. "जीवनी: ऋचा शर्मा", एन फिल्म रिभ्युज  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-०६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]