अन्याय (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्याय
निर्देशकतुलसी घिमिरे
निर्मातासगरमाथा मुभीटोन
सङ्गीतरञ्जित गजमेर
देशनेपाल
भाषानेपाली

अन्याय (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । सगरमाथा मूभिटोनको ब्यानरमा बिश्व बस्नेतले यो चलचत्रिको निर्माण गरेका हुन् । चलचित्रमा बिश्व बस्नेत, मीरा माधुरी, जयनेन्द्र चन्द, मुकुन्द श्रेष्ठ, पीटर खवास, गीता सुनुवार, मीना श्रेष्ठ, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रञ्जित गजमेरको संगीत, गोपाल भुटानीको द्धन्द, बसन्त श्रेष्ठको नृत्य, प्रमोद प्रधानको छायाङ्कन रहेको छ । प्रेमध्वज प्रधान, भुपेन्द्र सिंह, डेनी, सुष्मा श्रेष्ठ, दीपा झा, निर्मला गजमेर र मनिला लामाको पाश्र्व गायन रहेको छ । पटकथा, संवाद, सम्पादन र निर्देशक तुलसी घिमिरेको रहेको छ। इष्टम्यान कलरमा निर्माण गरिएको यो चलचित्रको २५ लाख निर्माण लागत रहेको छ । वि.सं. २०४६ साल कात्र्तिक १४ गते प्रथम प्रर्दशन गरिएको थियो ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

  • मीरा माधुरी
  • बिश्व बस्नेत
  • प्रकाश अधिकारी

सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]