चक्रब्युहमा चन्द्रसूर्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चक्रब्युहमा चन्द्रसूर्य राष्ट्रिय सुरक्षा र स्वाधिनताका चुनौती नामक पुस्तक सरोजराज अधिकारीद्वारा लिखित पुस्तक हो । यो पुस्तक सर्बप्रथम २०६९ मंसिर १५बाट बजारमा आएको हो । यो पुस्तकका प्रकाशक साङ्ग्रिला पुस्तक प्रा लि हो । [१] यो पुस्तकमा विशेष गरी प्रायोजित अपराधका श्री खला, सन्क्रमणमा सुरक्षा र परनिर्भर राजनीतिका बारेमा प्रकाश पार्न खोजिएको छ । घरेलु मामिलामा दक्षिणी भारतको चासो र भूमिका , अन्तरराष्ट्रिय चलखेल नेपालको सुरक्षा प्रणाली कुराहरु विभिन्न पत्रपत्रिका, विभिन्न समयका जाचबुझ आयोग, राष्ट्रिय अनुसन्धान बिभाग तथा विभिन्न घटनासँग सम्बन्धित निकायहरु सँगको कुराकानी तथा प्रतिबेदनमा आधारित छ । भारतीय गुप्तचर संस्था र, पाकिस्तानी आइ एस आइ तथा अन्डरवर्ल्ड डन दाउद इब्राहमको नेपालमा चलखेल सम्बन्धमा तथ्यपरक किसिमले प्रस्ट पार्न खोजिएको छ ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. सरोजराज अधिकारी, "चक्रब्युहमा चन्द्रसूर्य" साङ्ग्रिला पुस्तक (प्रा.) लि.,२०६९ मंसिर