भीमदर्शन रोका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीमदर्शन रोका

भीमदर्शन रोक्का (‍‌वि.सं. १९८७-२०५९) नेपाली साहित्यमा मुक्तक बिधा भित्र्याउने कविका रूपमा परिचित एक साहित्यकार हुन्। उनलाई नेपाली मुक्तक लेखनका पिता पनि मानिन्छ।[१] उनको जन्म वि.सं. १९८७ मा भएको थियो। उनको सम्झनामा स्थापित "भीमदर्शन रोका आदर्श गुरु सम्मान तथा पुरस्कार" नामको एउटा पुरस्कार पनि छ। भीमदर्शन रोका स्मृति कोषद्वारा हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी रू पचासहजार रहेको छ।[२]

जीवनी[सम्पादन गर्नुहोस्]

रोक्काको जन्म वि. सं. १९८७ साल पुस ५ गते काठमाडौँको कालधारामा भएको थियो। उनको बाबु हस्तलाल रोक्का र आमा बस्नत देवी हो। उनका बाबु सैनिक सेवामा भएकाले ३ बर्षको उमेरमा उनी परिवारसँग भारतको पन्जाबमा भाक्क्षु भन्ने सैनिक क्यापमा बस्न गएका थिए। पछि उनी कागडाको सरकारी स्कुलमा पढे। पछि उनले स्वलान विश्वविद्धालयवाट अन्ग्रेजीमा स्नाकोत्तर गरे। २००८ मा उनी नेपाल आएका थिए। नेपालको वातावरण राम्रो लागेर उनी नेपालमै बस्न थाले। उनको पत्नी मीना रोक्का हुन्।[१]। उनको कान्छा छोरा अजय रोक्का हुन्।[३]

उनले करिब ५० वर्ष नेपालको शिक्षा क्षेत्रमा बिताएका थिए। [३] पहिला उनी पोखरास्थित कन्या मन्दिरमा अङ्ग्रेजी पढाउथे। केही समयको अन्तरालपछि उनले काठमाडौँको वनस्थलीस्थित सिद्धार्थ वनस्थली स्कूलमा वि. सं. २०३८ देखि २०५५ सम्म पनि अन्ग्रेजीमा विषय पढाएका थिए। [४][५] उनको पहिलो नेपाली कविता वि‌‍. सं. २०१० मा प्रगति पत्रिकामा प्रकाशित भएको थियो।

उनी कुशल बासुरीवादक पनि हुन्।[३]

सन् १९७३ मा उच्च रक्तचापको कारणले पक्षघात भयो र उनको बोल्न सक्ने क्षमता रोकियो। उनको मृत्यु वि. सं. २०५९ चैत्र २४ गते हृदयघातबट भएको थियो। [३]

प्रकाशनहरु[सम्पादन गर्नुहोस्]

उनका कृतिहरू बि. सं. १९५३ बाट प्रकाशित भएको थियो। उनी र लक्ष्मीप्रसाद देवकोटा मिलेर १९५५ मा काब्य एकेडेमीको स्थापना गरेका थिए।[३] फुटकर कविता थुप्रै भए पनि उनको पुस्तकको रूपमा प्रकाशित कृति एउटा मात्र छ। ‘घाम डुबी तारा नउदाएको आकाश हुँ म’ गीत तथा कविता सङ्ग्रह उनको एक मात्र प्रकाशित कृति हो। यो सङ्ग्रह साझा प्रकाशनबाट वि. सं. २०५६ मा प्रकाशन भएको हो।[६][७] यो सङ्ग्रहलाई माया वाटसनले अङ्ग्रेजीमा अनुवाद गरेकी छिन्।[३] उनले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू अङ्ग्रेजीमा अनुवाद समेत गरेका छन्। उनका केही फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित समेत भएका छन्।[३]

पुरष्कारहरु[सम्पादन गर्नुहोस्]

  • युगकवि सिद्धिचरण पुरष्कार सन् १९९९
  • सिदार्थ बनस्थली स्कुल पुरस्कार सन् १९८५
  • राष्ट्रिय प्रतिभा पुरस्कार

बाहिरी सामाग्रीहरु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "‘मुक्तक सागर’ विमोचन", SouryaOnline, अन्तिम पहुँच २०२०-०९-२२ 
  2. २.० २.१ "नयनराजको निबन्ध ‘यार’ विमोचित", KathmanduToday.com, अन्तिम पहुँच २०२०-०९-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०१ मिति
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ ३.७ Chauhan, Jangab (२०१०), "Reminiscing Bhim Darshan Roka", Bodhi: An Interdisciplinary Journal 4 (1): 233–251, आइएसएसएन 2091-0479, डिओआई:10.3126/bodhi.v4i1.5823, अन्तिम पहुँच २०२०-०९-२२ 
  4. "शिक्षामा संगीत र जीवन", अन्तिम पहुँच २०२०-०९-२२ 
  5. पाठ, प्रकाश सायमी १९ फाल्गुन २०७४ २० मिनेट, "अध्यापक संगीतकर्मी", अन्तिम पहुँच २०२०-०९-२२ 
  6. घाम डुबी तारा नउदाएको.../भीमदर्शन रोका-अनलाइनसाहित्य डटकम
  7. https://www.madanpuraskar.org/search/monographsview.php?start=16338