अनु लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनु लामा
व्यक्तिगत जानकारी
पुरा नाम अनु लामा
जन्म मिति (1987-10-03) ३ अक्टोबर १९८७ (उमेर ३६)
जन्म स्थान मकवानपुर, नेपाल[१]
उचाइ ४ फिट १० इन्च (१.४७ मी)[१]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर
२०१० नेपाल अन्डर-२३ (४)
२०१०—२०१९ नेपाल १९ (३०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

अनु लामा एक नेपाली फुटबल खेलाडी हुन् । उनी वर्तमान नेपाली टिमकी कप्तानएपीएफ क्लबकि अग्रपंक्तिबाट खेल्ने गरेकी छिन्। अनु लामा अन्तरराष्ट्रिय खेलमा नेपालीको लागि अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छिन्। उनको नाममा ३० अन्तरराष्ट्रिय गोल रहेको छ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

फुटबल खेलाडीका साथै उनी नेपाली सेना को सदस्य समेत रहेकी छिन्। इबोला रोग बिरुद्ध संयुक्त राष्ट्र सङ्घले सञ्चालन गरेको मिसनको क्रममा लाइबेरिया रहेको कारणले गर्दा उनीसँगै भगवती थापा, लक्ष्मी पौडेलउषा भण्डारीले २०१४ महिला साफ च्याम्पियनसिपको पहिलो हप्ताको प्रशिक्षण लिन पाएका थिएनन्।[२][३]

अन्तरराष्ट्रिय खेल जीवन[सम्पादन गर्नुहोस्]

लामाले सन् २०१० मा बंगलादेशको विरुद्धमा यू-२३ दक्षिण एसियाली खेलकुदको महिला फुटबल खेलमा डेब्यु गरेकी हुन्। जहाँ अनु लामाले राम्रो प्रदर्शन गरिन र श्रीलङ्का विरुद्ध (१-०) र पाकिस्तान विरुद्ध (१-०, ४-०, ६-०) ह्याट्रिक गरिन र नेपालले सिल्भर मेडल प्राप्त गरयो।

त्यसै वर्ष लामा सन् २०१० साफ महिला च्याम्पियनशिपको सिनिर टिमको लागि बोलाइन। कुवेतसँग भएको मैत्रीपूर्ण खेलमा लामाले चार गोल गरिन भने नेपालले खेल ८-० जित हासिल गरयो।[४] खेल पश्चात लामाले आफुले गरेका चार गोल सबै नेपाली प्रशंसकहरूलाई समर्पित जसलेले नेपाली टिमलाइ समर्थन गर्न लामो यात्रा गरेका थिए। [५]

अन्तरराष्ट्रिय गोलहरू[सम्पादन गर्नुहोस्]

नेपाल राष्ट्रिय टिम
वर्ष उपस्थित गोल
२०१० ११
२०११
२०१२
२०१३
२०१४
२०१५
२०१६
जम्मा १९ ३०

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Anu Lama - GoalNepal Player Profile", goalnepal.com, अन्तिम पहुँच ५ नोभेम्बर २०१४ 
  2. "SAFF Women's Championship 2014: Four National Players Join Training Camp After Finding No Symptoms Of Ebola In Them", goalnepal.com, ५ नोभेम्बर २०१४, अन्तिम पहुँच ९ नोभेम्बर २०१४ 
  3. "Nepal national Women's Team Skipper Anu Lama: We Want To Win SAFF Championship In Our Third Attempt", goalnepal.com, ७ नोभेम्बर २०१४, अन्तिम पहुँच ९ नोभेम्बर २०१४ 
  4. "Kuwait City: Anu Lama Shines as Nepal Eves Thrash Kuwaitis In First Friendly Match", goalnepal.com, १२ जनवरी २०१३, अन्तिम पहुँच ५ नोभेम्बर २०१४ 
  5. "Kuwait City: Anu Lama Dedicates Her Four Goals To Nepalese Football Fans", goalnepal.com, १२ जनवरी २०१३, अन्तिम पहुँच ५ नोभेम्बर २०१४ 

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]