रेचल कार्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेचल कार्सन
रेचल कार्सन, १९४० संयुक्त राज्य माछा र वन्यजन्तु सेवा कर्मचारी तस्वीर
रेचल कार्सन, १९४०
संयुक्त राज्य माछा र वन्यजन्तु सेवा कर्मचारी तस्वीर
जन्मरेचल लुइस् कार्सन
(१९०७-०५-२७)मे २७, १९०७
स्प्रिङ्गडेलमा, पेनसिवेनिया, संयुक्त राज्य अमेरिका
मृत्युअप्रिल १४, १९६४(1964-04-14) (उमेर ५६)[१]
सिल्वर स्प्रिङ्ग, मेरील्यान्ड, संयुक्त राज्य अमेरिका.[१]
पेशासमुद्री जीवबैज्ञानिक, लेखक र इन्भायरोमेन्टलिस्ट
अल्मा मेटरचाटम विश्वविद्यालय,
जन्स हपकिन्स विश्वविद्यालय
अवधि१९३७–१९६४
विधावातावरण लेखन
विषयसमुद्री जीवबिज्ञान, कीटनाशक
उल्लेखनीय कार्यहरूद सी अराउण्ड अस (१९५१
द एज अफ द सी (१९५५)
साइलेण्ट स्प्रिङ्ग (१९६२)

रेचल कार्सन (२७ मे १९०७ – १४ अप्रिल १९६४) एक अमेरिकी समुद्री जीवबैज्ञानिक तथा संरक्षणकर्ता थिइन् जसले साइलेण्ट स्प्रिङ्गको साथै अन्य लेखहरू लेखिन् जसले वातावरण आन्दोलनलाई फाइदा पुर्‍याएको छ।

उनीले आफ्नु करियरको सुरुवात एक समुद्री जीवबैज्ञानिकको रूपमा संयुक्त राज्य माछा र वन्यजन्तु सेवाबाट गरिन् र १९५०को दसकमा उनी एक प्रक्रित लेखकको बनिन् । उनको अत्यन्त गौरवमय कृति द सी अराउण्ड असले यु एस राष्ट्रिय बुकर पुरस्कार प्राप्त गर्यो । १९५०को दशकको अन्त्य तिर उनको ध्यान वातवरण संरक्षण तिर गयो । विशेष गरी ती समस्याहरू जसका कारण कीटनाशक थिए । जसको फलस्वरुप उनको कृति साइलेण्ट स्प्रिङ्ग (१९६२) थियो जसले वातावरणको बारेमा अमेरिकी मान्छेहरूको ध्यान एकत्रित गर्यो। धेरै रासायनिक कारखाना हरूले यसको बिरोध गरे तर यसले डीडीटी लगायतका अन्य कीटनाशकहरूमा विभिन्न राष्ट्रहरूले बन्द गर्ने वा रोक्ने स्थिति सृजना गर्यो। जसको फल स्वरूप एक वातावरण संस्था संयुक्त राज्य वातावरण संरक्षण संस्थाको स्थापना भयो।[१][२][३]

जीवनकाल र शिक्षा[सम्पादन गर्नुहोस्]

उनको जन्म २७ मे १९०७मा स्प्रिङ्गडेलमा, पेनसिवेनिया भएको थियो। उनी मारिया फ्राजियर र रोबर्ट वार्डन कार्सोन, एक जीवनबिमा ब्यापारीकी तीन सन्तानमा सबैभन्दा कान्छी छोरी हुन् । रेचल पर्यावरण र प्रकृतिको प्रति अपनो लगाव र समर्पणको श्रेय आफ्नु आमालाई दिने गर्थिन् जसले उनीलाई प्रकृतिको काखमा राखेर प्रकृतिमा घुलमिल हुन सिकाईन् । उनको अधिकांश समय आफ्नु ६५ एकडको विशाल फार्म हाउसमा घुमेर व्‍यतीत गर्ने गर्थिन् । मात्र आठ वर्षको उम्रबाट रेचलले कथाहरू लेख्न शुरू गरेकी थिइन् । जब उनी १० वर्षको थिइन् तब उनको पहिलो कथा प्रकाशित भएको थियो। उनी प्राकृतिसँग सम्बन्धित् किताब र पत्रिका पढने गर्थिन् । उनीले १९२५मा ४५जना विधार्थी मद्धे उच्च श्रेणिमा आफ्नु पढाई पुरा गरिन् ।[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Rachel Carson biography", Women In History, अन्तिम पहुँच १३ अगस्ट २०१२ 
  2. Paull, John (2013) "The Rachel Carson Letters and the Making of Silent Spring", Sage Open, 3(July): 1–12. doi:10.1177/2158244013494861
  3. Carson, Rachel (2010 संस्करण), Encyclopædia Britannica, २०१०, "in full Rachel Louise Carson born May 27, 1907, Springdale, Pa., U.S. died April 14, 1964, Silver Spring, Md." 
  4. "University of New England – Maine Women Writers Collection – Research – Featured Writers – Rachel L. Carson Collection, 1946–1964", Une.edu, अन्तिम पहुँच २०१४-०८-०४ 
  5. "National Book Awards – 1952". National Book Foundation. Retrieved March 19, 2012.
    (With acceptance speech by Carson and essay by Neil Baldwin from the Awards 50-year anniversary publications.)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]