रेचल मेक'एडम्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेचल मेक'एडम्स
मेक'एडम्स २०१२मा
जन्मरेचल एन्नी मेक'एडम्स
(1978-11-17) नोभेम्बर १७, १९७८ (उमेर ४५)
लण्डन, ओंटारियो, क्यानाडा
पेशाअभिनेत्री
कार्यकाल२००१–हाल सम्म
समकक्षीमाइकल शीन (२०१०–हाल सम्म)

रेचल एन्नी मेक'एडम्स (अङ्ग्रेजी: Rachel Anne McAdams, जन्म १७ नोभेम्बर १९७८) एक क्यानाडियन अभिनेत्री हुन्। २००१म यर्क यूनिवर्सिटीबाट चार वर्षको थिएटर प्रोग्राममा उपाधी पुरा गरे पछाडि मेक'एडम्स सुरुवातमा क्यानाडियन टेलिभिजन र चलचित्रहरूमा कार्य गरिन् जसमा माई नेम इज तनिनो परफेक्ट पाई (जसको लागि उनलाई जिनी पुरस्कार नामांकन प्राप्त भयो) र स्लिंग्स एंड एरोज़ (जसको लागि उनलाई जेमिनी पुरस्कार प्राप्त भयो) आउने गर्छन्। उनको पहिलो हलिउड चलचित्र २००२मा बनेको हास्य चलचित्र द हट चिक थियो। मेक'एडम्सलाई ख्याती २००४मा बनेको मिन गर्ल्सद नोटबुकमा मुख्य भूमिकाहरूको कारण मिल्यो। २००५मा उनी हास्य रोमांस चलचित्र वेडिंग क्रेशर्स, थ्रिलर चलचित्र रेड आय र पारिवारिक ड्रामा चलचित्र द फेमिली स्टोनमा अभिनय गरिन् । उनीले मिडियाद्वारा "अगली जुलीया रबर्ट्स" भनिएको थियो र सर्वश्रेष्ठ उधाउदो ताराको बाफ्टा पुरस्कार नामांकन मिल्यो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]