टीकापुर पार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टीकापुर पार्क
प्रकारसार्वजनिक उद्यान
स्थानटीकापुर, कैलाली, नेपाल
क्षेत्रफल१५० हेक्टर (३७०.७ एकड)
६.२ वर्ग किलोमिटर (२.४ वर्ग माइल)
अवस्थाप्रवेश खुल्ला

टीकापुर पार्क नेपालकै सबैभन्दा ठुलो मानव निर्मित पार्क हो।कैलाली जिल्लाको टीकापुर नगरपालिका को दक्षिण पुर्वमा अवस्थित यो पार्क पर्यटकहरूको गन्तव्यका रूपमा विकसित छ।

परिचय[सम्पादन गर्नुहोस्]

टीकापुर पार्क लाई टीकापुर बृहत उद्यान नामले पनि चिनिन्छ।यो पार्कको वास्तबिक नाम बङ्गला हो।यो पार्क राजा महेन्द्रका पालामा स्थापना भएको थियो।कुनैताका यो पार्कमा राजामहाराजा आउने बस्ने गर्दथे। राजा बीरेन्द्र पनि रानी ऐश्वर्य र अन्य राज परिवारका निकटहरूसंग यो पार्क मा आउने गरेका थिए।वर्षेनी लाखौको संख्यामा पर्यटकहरू यो पार्क घुम्न आउछन।प्रयटकको संख्या कार्तिक मंसिरमा बढी हुने गर्दछ।

पार्क भित्र[सम्पादन गर्नुहोस्]

यो पार्कमा एउटा प्रमुख पथ रहेको छ। यो पथको बिचमा एउटा स्तम्भ रहेको छ।पार्कमा धेरै थरिका फुलहरू रहेका छन।पार्कलाई तिनचार ओटा समुहमा बाडीएको छ। प्रत्येक समुहहरू फरक किसिमबाट सजिएका छन।उत्तर तर्फको बाटीकाको बिचमा बिश्राम स्थल रहेको छ।त्यसैको आगाडी पानिको फोहरा निर्माण गरिएको छ।पार्क भित्र फोटो खिच्नेहरू प्रसस्तै भेटिन्छन।

पार्क बाहिर[सम्पादन गर्नुहोस्]

टीकापुर वाटीका बाहिर उत्तर पूर्वतिर बनभोज स्थल छुट्याईएको छ।त्याहाँ मानिसहरू बनभोज आयोजना गर्दछन।यसका लागि पानिको समेथ व्यावस्था गरिएको छ।मानिसहरू बनभोज संगै नाचगान गरेर रमाईलो गर्छन।प्राय तिहारमा देउसी भोलो खेल्ने समुहहरू पिकनिक आयोजना गर्ने भएकाले असोज, कार्तिक र मंसिर महिनामा यो क्षेत्र मानिसहरूले ढाकिएको हुन्छ।बनभोज स्थलबाट पूर्वतर्फ कर्णाली नदीबाट छूट्टिएर आएको नदी छ जहाँ र्याफ्टिङ खेलेर रमाईलो गर्न सकिन्छ।साथै मानिसहरू पौडी खेलेर समेत रमाईलो गर्ने गर्दछन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]